१५० वर्ष अगाडिसम्म भएको दासप्रथामा जोडिएकोमा नेदरल्याण्डका राजाले मागे माफी – Nepal Press

१५० वर्ष अगाडिसम्म भएको दासप्रथामा जोडिएकोमा नेदरल्याण्डका राजाले मागे माफी

काठमाडौं । नेदरल्याण्डका राजाले विगतमा भएको दासप्रथा र त्यसको कारोबारको लागि माफी मागेका छन् । जर्मनीको विश्व च्यानल डिडब्लुका अनुसार शनिवार डज उपनिवेश क्षेत्रमा दास प्रथा अन्त्य भएको १५० वर्षगाँठको अवसरमा राजा विलियम एलेक्जेन्डरले माफी मागेका हुन् ।

दास प्रथा अन्त्यको वर्षगाँठको एक सम्बोधनमा राजाले माफी मागेका हुन् । माफीको भाषामा राजाले भनेका छन्, ‘आज म तपाइँको अगाडि एक राजा र सरकारको पक्षको रुपमा उभिएको छु । आज म आफैँ माफी मागिरहेको छु ।’

राजाले माफी मागेसँगै डचका पुर्व उपनिवेश क्षेत्र पुर्खा भएका सुरिनाम, आरुबा, बोनाएर, कुराकाओ लागायतका क्षेत्रकाहरुले खुशीयाली प्रदर्शनी गरेका छन् ।

उनीहरुले आम्टर्डम क्षेत्रमा खुशीयाली मनाइरहेको डिडब्लुले उल्लेख गरेको छ । सत्रौँ शताब्लीमा भएको दास प्रथा र कारोबारको ७ प्रतिसत हिस्सा डचको भएको बताइएको छ । सो अवधिमा करिब ६ लाख दासहरुलाई विश्वका विभिन्न भागमा सारेर बेचिइएको बताइन्छ । डचले सन १८६३ जुलाई १ मा औपचारिक रुपमा दास प्रथा र कारोबारको अन्त्य गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर