ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ – Nepal Press

ललिता निवास प्रकरण : पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ

काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शाहलाई पक्राउ गरेको हो । उनी पूर्वसहसचिवसमेत हुन् । शाह कुनै बेला भक्तपुर मालपोत कार्यालयमा कार्यरत थिए ।

शाहलाई धुम्बाराहीस्थित उनको निवासबाट पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । ललिता निवासको जग्गा शाहकी श्रीमतीको नाममा पनि दर्ता रहेको जनाइएको छ । ललिता निवास जग्गा कीर्ते  प्रकरणमा सीआईबीले हालसम्म ७ जनालाई पक्राउ गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर