सन्दीपको मुद्दामा सुनवाइ सुचारु, दुवै पक्षलाई न्यायाधीशले तोके डेढ–डेढ घण्टा – Nepal Press

सन्दीपको मुद्दामा सुनवाइ सुचारु, दुवै पक्षलाई न्यायाधीशले तोके डेढ–डेढ घण्टा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आजको सुनवाइ प्रारम्भ भएको छ । हिजो दिनभरि दुवै पक्षका वकिलले बहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा गएको थियो ।

आज फैसला सुनाउने गरी न्यायाधीशले दुवै पक्षलाई समय निर्धारण गरिदिएका छन् । स्रोतका अनुसार गौशाला २६ का वकिलहरूलाई जवाफी बहसका लागि डेढ घण्टा समय दिइएको छ । सन्दीपका वकिलहरूलाई एक घण्टा दिइएको भए पनि उनीहरूले डेढ घण्टाकै माग गरेका छन् ।

अदालतमा दुवै पक्षबाट पुनरावेदन परेको हुँदा दुवैका वकिलले जवाफी बहस गर्न पाउँछन् । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला गर्नेछन् । आज अपराह्नसम्ममा फैसला आइसक्ने अपेक्षा छ ।

यो मुद्दा उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनराज भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *