ट्रम्पमाथि कारबाही प्रक्रिया सुरु भएपछि जनमत बढ्यो : सर्वे – Nepal Press

ट्रम्पमाथि कारबाही प्रक्रिया सुरु भएपछि जनमत बढ्यो : सर्वे

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कारबाही प्रक्रिया अगाडि बढाइएपछि उनको लोकप्रियता थप बढेको सर्वेहरूले उल्लेख गरेका छन् ।

ट्रम्पलाई ३७ मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएपछि उनको रिपब्लिकन पार्टीका चुनावी सर्वेमा ५१ प्रतिशत मत आएको देखिइएको छ ।

अमेरिकी मिडिया एनबीसीले गरेको सर्वेक्षण अनुसार फ्लोरिडाका गभर्नर रोन डेसेन्टिसको २२ प्रतिशत तथा पूर्व उपराष्ट्रपति माइक पेन्सको ७ प्रतिशत मत आएको देखिइएको छ ।

रिपब्लिकन पार्टीमा मात्रै होइन जो बाइडेनसँगको सम्भावित चुनावी भिडन्तको सर्वेमा पनि ट्रम्पको अग्रता देखिइएको छ । हार्भड क्यप्स–ह्यारिस सर्वेक्षण अनुसार ट्रम्पको ४५ प्रतिशत मत आउँदा जो बाइडेनको ३९ प्रतिशत मत आउने देखिइएको छ ।

राष्ट्रपतीय उमेद्वारमा तेस्रो पक्षबाट उठेका दार्शनिक तथा अभियानकर्मी कार्नेल वेस्टले काट्ने मत बाइडेनकै हुने भएकोले ट्रम्पको बलियो सम्भावना हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर