बागमतीको बजेट चिट चोरेर पास हुन खोजे जस्तो : नेता थपलिया – Nepal Press

बागमतीको बजेट चिट चोरेर पास हुन खोजे जस्तो : नेता थपलिया

हेटौंडा । बागमती प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसदीय दलका नेता जगन्नाथ थपलियाले प्रदेश सरकारले ल्याएको बजेट ‘चिट चोरेर पास हुन खोजे जस्तो’ रहेको प्रतिक्रिया दिएका छन् ।

सरकारले प्रस्तुत गरेको बजेटबारे टिप्पणी गर्दै थपलियाले बजेट ढुलमुले भएको प्रतिक्रिया दिए ।

दिगो विकासका आधारमा १७ वटालाई यो बजेटले दरो रुपमा समात्न नसकेको बताउँदै उनले भने, ‘बजेटमा व्यवस्थित योजना बन्न सकेन । जलवायु सन्तुलन ल्याउने विषयमा प्रदेश सरकार मौन छ । प्रदेशका शिक्षामा रणनीति तय गर्ने एक शब्द राखेर कुनै गुणस्तरीय दिने कार्यक्रम छैन । परीक्षामा कमजोर विद्यार्थीले नोट र किताब सार्न चाहिँ सिपालु विद्यार्थी जस्तै विगतमा बजेट र अन्य प्रदेशको टुक्रा टुक्रा जोडेर पेश गरिएको छ ।’

खाद्य सुरक्षा, सरसफाइ, रोजगारीलाई मर्यादा दिने, असमानता हटाउने कुनै ठोस योजना नभएको पूर्वाधार आवास व्यवस्थापनमा कुनै योजना नभएको उनले बताए ।

बजेटमा युवा रोजगारीबारे कुनै ठोस कार्यक्रम नभएको, विदेश पलायन हुने युवाका लागि कुनै कार्यक्रम नरहेको र राजस्व वृद्धिका कुनै तथ्यांकीय योजना नभएको थपलियाले बताए ।

बजेटमा पूर्वसरकारले ल्याएका गौरवका योजनालाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, दुग्ध र सहकारी बोर्ड आदिलाई पुनर्संरचना गर्ने नाममा विघटन गर्ने दाउपेच गरिएको उनको भनाइ छ ।

‘बिचौलियाहरुको सेटिङका आधारमा मेशिन औजार खरिद गर्ने कुरालाई यो बजेटले प्रोत्साहित गरेको देखिन्छ’, उनले भने, ‘प्रादेशिक संसदीय स्वरुपलाई जुन ढङ्गले आक्रमण भएको छ । त्यसलाई उचित जवाफ यो बजेटले दिन सकेको छैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर