प्रधानमन्त्रीलाई सीके राउतको सुझाव- भारतसँग सप्तरीवासीको हित हुने गरी सम्झौता गर्नुस् – Nepal Press

प्रधानमन्त्रीलाई सीके राउतको सुझाव- भारतसँग सप्तरीवासीको हित हुने गरी सम्झौता गर्नुस्

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारत भ्रमणको क्रममा सप्तरीवासीको हित हुने गरी सम्झौता गर्न आग्रह गरेका छन् ।

भोलिबाट भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई भारत सरकारसँग सप्तरीमा रासायनिक मलखाद उद्योग, दुग्ध तथा कृषिजन्य उद्योग, विज्ञान केन्द्र तथा प्लानेटेरियम, कोशी नहर सडक खण्ड निर्माण (बैरेजदेखि तरहीसम्म), भारदहस्थित कोशी कोलोनीमा उद्योग सञ्चालनसम्बन्धी पहल गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘प्रधानमन्त्रीज्यूले भारत भ्रमणको क्रममा सप्तरीवासीको हितको लागि यसलाई स्वीकार गर्दै सम्झौता गर्नुहुनेछ भनेर आशा गर्दै उहाँलाई सफल भ्रमणको शुभकामना दिन चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर