बागमती प्रदेशसभा बैठक : मन्त्री बढाएकोमा विपक्षीको आपत्ति, बजेट पास हुन नदिने चेतावनी – Nepal Press

बागमती प्रदेशसभा बैठक : मन्त्री बढाएकोमा विपक्षीको आपत्ति, बजेट पास हुन नदिने चेतावनी

हेटौँडा । आजबाट हेटौँडामा सुरु भएको बागमती प्रदेशसभाको बर्खे अधिवेशनमा विपक्षी दलले सरकारको चर्को आलोचना गरेका छन् ।

प्रदेशसभाको १२ औँ अधिवेशनको सुरुवातमा शुभकामना मन्तव्यका क्रममा विपक्षी दलका नेताहरुले सरकारको कार्यशैली, बजेट निर्माणको लागि भएका प्रयास र मन्त्रीमण्डल विस्तारको विषयमा चर्को आलोचना गरेका हुन् ।

प्रदेशसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दलको तर्फबाट नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रदेश सरकारले ल्याएको चिठ्ठा विधेयकले व्यापारीहरुको कालो धनलाई सेतो बनाउने दाबी गरे ।

उनले प्रदेशका जनता डढेलो चपेटामा परिरहेको बेला प्रदेश सरकार भने चिठ्ठा विधेयक ल्याएर व्यापारीको हितमा अघि बढ्न खोजेको भन्दा सरकारको आलोचना ब्यक्त गरे ।

सरकारको ध्यान जनताको काम गर्ने तर्फ नभई व्यापारीको कालो धन सेतो बनाउने तर्फ गएको भन्दै यसले संघियताको विश्वसनियतमा समेत प्रश्न चिन्ह खडा हुने बताए ।

बैठकमा बोल्दै विपक्षी दल राप्रपाका संसदीय दलका नेता उद्धव थापाले सरकारले जनमैत्री बजेट बनाउनुपर्ने समयमा ११ मन्त्रालयमा १२ मन्त्री बनाएर के गर्न खोजेको भन्दै प्रश्न गरे । उनले बजेट निर्माणको समयमा आफुहरुसँग सल्लाह नगरि काम गर्न खोजे बजेट पास गर्न नदिने चेतावनी समेत दिए ।

सरकारले अन्य दलसँग सहकार्य नगरी बजेट ल्याउन खोजे रोष्टम घेर्ने, बजेट पास गर्न नदिने बताउँदै उनले सरकार यो विषयमा सचेत हुनुपर्नेमा जोड दिए । उनले २०४६ साल पछिका नेताहरुको सम्पती छानविन गर्नुपर्ने भन्दै यो काम आफैबाट सुरु गर्न सरकारलाई अनुरोध समेत गरे ।

बैठकमा बोल्दै विपक्षी दलका तर्फबाट नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले देश भ्रष्ट्राचार र देशद्रोहको कारण गम्भिर मोडमा पुगेको बताए । आफुहरुले भ्रष्ट्राचार बढेको कुरा गर्दा चुपलागेर बस्नेहरुले अब जवाफ दिनुपर्ने बताए ।

उनले भुटानी शणरार्थी घटनाका दोषीलाई कुनैपनि हालतमा उन्मुक्ती दिन नमिल्ने बताए । पहिलो प्रदेशसभनाको करिब ६ महिनामा ६ वटा सम्म सम्झने काम नभएको भन्दै उनले सरकारको उपलब्धी सरकार गठन, पुर्नगठन रहेको बताए ।

बागमती प्रदेशको मन्त्रीमण्डलको निर्माण हेटौँडाले गर्न नसकेको बताउँदै उनले कवि भूपि शेरचनको कवितासमेत सम्झीए । पैसा र भागवण्डको खेल खेलेर हामी जनताको घ्रिणाको पात्र कति दिन बन्ने भन्दै उनले प्रश्नसमेत गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर