रियल मड्रिडलाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा – Nepal Press

रियल मड्रिडलाई हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं ।साबिक विजेता  रियल मड्रिडलाई ४-० गोलको नतिजामा पराजित गर्दै इङलिस क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनल पुगेको छ ।

बुधबार राती सिटीको घरेलु मैदान इथियाडमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा ४-० र बेर्नाब्यूमा भएको पहिलो लेगमा १-१ को नतिजा निकालेको सिटी समग्रमा ५-१ को जितसहित फाइनल पुगेको हो ।

खेलको २३औं मिनेटमा वर्नादो सिल्भाको गोलमा सिटीले अग्रता लिएको थियो । सुरुवातदेखि भम्रणकरी टिममाथि हावि भएको सिटीका लागि ३७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका सिल्भाले अग्रता दोब्बर पारे ।

पहिलो हाफमा २-०ले पछि परेको रियल दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेपनि सफल हुन सकेन । म्यनुयल अकान्जीले ७६औं मिनेटमा गोल गर्दा सिटीले ३-० को अग्रता बनायो ।
सब्सिट्युट खेलाडी जुलियन अल्भारेजले खेलको इन्जिुरी समयमा गोल गर्दा सिटीले सर्वाधिक १४ पटककाे च्याम्पियन मड्रिड माथि  ४-०ले जित शुनिस्चित गर्याे।

जितसँगै सिटीले इस्तानबुलमा हुने फाइनलमा इटालियन क्लब इन्टर मिलानसँग खेल्नेछ । फाइनल जुलाइ ११ मा टर्कीको इस्तानबुल स्थित अटार्टुक ओलम्पिक स्टेडियममा हुनेछ ।
इन्टर सेमिफाइनलमा एसी मिलानलाई समग्रमा ३-० ले पराजित गर्दै १३ वर्षपछि च्याम्पियन्स लिगको फाइनल पुगेको थियो । भने, सिटी यो सहित दोस्रो पटक फाइनल पुगेको हो । सन् २०२०\२०२१ मा चेल्सीसँग १-० गोलको नतिजामा पराजित हुँदै सिटी उपाधिबाट बञ्चित भएको थियो ।

अघिल्लाे सिजन फाइनलमा लिभरपुललाई १-० गाेलकाे नतिजामा परािजत गर्दै रियलले सर्वाधिक १४औं पटक च्याम्पियन्स लिग जितेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर