नेपालमा आधाभन्दा बढी आयुर्वेद औषधि आयात गर्नुपर्ने अवस्था विडम्बनापूर्ण: कार्यबाहक राष्ट्रपति यादव (भिडिओ) – Nepal Press

नेपालमा आधाभन्दा बढी आयुर्वेद औषधि आयात गर्नुपर्ने अवस्था विडम्बनापूर्ण: कार्यबाहक राष्ट्रपति यादव (भिडिओ)

काठमाडौं । कार्यबाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालमा आधाभन्दा बढी आयुर्वेद औषधि आयात गर्नुपर्ने अवस्था रहनु बिडम्बनापूर्ण रहेको उल्लेख गरेका छन् ।

त्यसलाई अन्त्य गर्न स्थानीय जडिबुटी एवम् स्रोतसाधनहरुको अधिकतम प्रयोग हुने गरी लगानी र उत्पादनमा वृद्धि गर्न जरुरी रहेकोमा उनले जोड दिए ।

काठमाडौंमा आयोजित प्रथम राष्ट्रिय आयुर्वेद एचिभमेन्ट अवार्ड समारोहलाई आइतबार सम्बोधन गर्दै कार्यबाहक राष्ट्रपति यादवले देशको आर्थिक क्षेत्रमा समेत टेवा पुर्‍याउन आयुर्वेदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्नुपर्ने औंल्याए ।

आयुर्वेदको समय अनुकूल स्वास्थ्य नीति एवम् कार्यक्रम तर्जुमा गर्न र स्वास्थ्य बीमामा आयुर्वेद सेवालाई समावेश गर्ने कार्यमा लाग्न पनि सम्वद्ध सबै पक्षलाई उनले आग्रह गरे ।

आयुर्वेद चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुको वृत्तिविकास, अवसर सृजना गर्न सम्बद्ध सबै लाग्ने विश्वास व्यक्त गर्दै कार्यबाहक राष्ट्रपति यादवले नेपाललाई मेडिकल टुरिजमको रुपमा विकास गर्ने सम्भावना उच्च रहेको बताए । त्यसका लागि आयुर्वेद क्षेत्रमा लगानी र उत्पादन बढाउन सम्बद्ध सबै पक्षले जोड दिनुपर्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर