प्रचण्ड-माधवलाई प्रदीप ज्ञवालीको सुझाव- नेकपा व्युँताउन होइन, कांग्रेससँग दीर्घकालीन एकताको प्रयास गर्नुस् – Nepal Press
नेपाल टक

प्रचण्ड-माधवलाई प्रदीप ज्ञवालीको सुझाव- नेकपा व्युँताउन होइन, कांग्रेससँग दीर्घकालीन एकताको प्रयास गर्नुस्

रास्वपाबारे ज्ञवालीको विश्लेषण- ‘पपुलिजम’बाट उदाएकाले समस्या देखाएर जित्छन् तर समाधान दिन सफल नभएपछि चाँडै बिलाउँछन् डेलिभरी दिन नसकेर आफैं

काठमाडौं । वैशाख १० को उपनिर्वाचनको नतिजाले ठूला दललाई झड्का दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ र स्वर्णिम वाग्ले तनहुँ १ बाट सानदार मतसहित विजयी भए ।

उनीहरुले नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमालेलाई हराए । ठूला दललाई धक्का दिएर उपनिर्वाचनमा रास्वपाको उदयले राजनीतिक वृत्त तरङ्गित छ । रास्वपाको उदयसँगै ठूला दलहरुलाई ‘सकिने कि सच्चिने’ भन्ने गम्भीर प्रश्न खडा भएको छ ।

तर, कतिपयले रास्वपालाई गएको मत जनताको आक्रोश भएको संज्ञा दिएका छन् । उपनिर्वाचनको परिणाम, ठूला दलले मंसिर ४ मा आएको आफ्नो मत जोगाउन नसक्नुको कारण, नयाँ शक्तिको उदयपछि ठूला दलमा देखिएको चुतौती, सरकारको कामदेखि नेकपा व्युँताउने प्रसंगबारे नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग नेपालप्रेसका लागि रमेश पराजुलीले गरेको कुराकानीः

– एमालेले उपनिर्वाचनको परिणामलाई कसरी हेरेको छ ?

उपनिर्वाचनको परिणाम हामीले गरेको अपेक्षाअनुरुपको भएन । यद्यपि हामी तीनैवटा क्षेत्रमा पहिला पनि विजयी भएका थिएनौं । त्यसो हुँदा संख्यात्मक रुपले नोक्सान भएको भन्ने कुरा त होइन ।

हामी कम्तिमा एउटा निर्वाचन क्षेत्र जित्न र अरुमा मत बढाउने लक्ष्यका साथ उपनिर्वाचनमा सहभागी भएका थियौं । त्यो हुन सकेन र हाम्रो मत पनि सुरक्षित नभएको देखियो । यसले केही गम्भीर प्रश्न उठाएको छ । पार्टीले गरेको अपिल मतदाताले विश्वास गर्न नसकेको वा हामीले नै विश्वस्त तुल्याउन नसकेको देखियो ।

मसिना कारणहरुका बारेमा हामीले सम्बन्धित क्षेत्रको रिपोर्टहरु लिइरहेका छौं । त्यसपछि हामीले गम्भीर छलफल गर्छौं । कहीं न कहीं पार्टीको अपिल र मतदाताको मुडमा भिन्नता देखियो । त्यसलाई नयाँ ढंगले सोच्नुपर्ने निष्कर्षमा पुगेका छौं ।

यस्ता मसिना कारणहरुका बारेमा हामीले सम्बन्धित क्षेत्रको रिपोर्टहरु लिइरहेका छौं । त्यसपछि हामीले गम्भीर छलफल गर्छौं । कहीं न कहीं पार्टीको अपिल र मतदाताको मुडमा भिन्नता देखियो । त्यसलाई नयाँ ढंगले सोच्नुपर्ने निष्कर्षमा पुगेका छौं ।

– चितवन र तनहुँमा त एमालेले मंसिर ४ को मत पनि जोगाउन सकेन । कसरी त्यस्तो परिस्थिति बन्यो ?

मैले अघि पनि भनें, यो निर्वाचनमा हाम्रो मत चाहिँ सुरक्षित हुन सकेन । यसका कारणहरुबारे हामीले समीक्षा गर्दैछौं । जे होस् कहीं न कहीं पार्टी र जनताको बीचमा, पार्टीका नारा र जनताको मनोविज्ञानको बीचमा ग्याप देखियो । किन हामीले मतदातालाई आश्वस्त तुल्याउन सकेनौं ।

एमाले जस्तो लामो इतिहास भएको, अनेकौं संकटबाट राष्ट्रलाई सुरक्षित गर्दै महत्वपूर्ण योगदान गर्दै आएको पार्टीप्रति मतदाताहरु विश्वस्त हुन नसक्ने परिस्थिति कसरी आयो ? भन्ने समीक्षा गर्छौं । कतै हाम्रा कार्यशैलीमा समस्या रहे कि कतै हामीले जनतामा अगाडि सारेको प्राथमिकताको मनोविज्ञान फरक पर्‍यो कि ? ती विषयमा हामीले गम्भीर समीक्षा गर्छौं । नयाँ ढंगले सोचेर अब युवा मतदाताको मन जित्नेगरी काम गर्नुपर्ने सन्देश यो उपनिर्वाचनले दिएको बुझेका छौं ।

– मंसिरको निर्वाचनपछि एमालेले दुई महिने ‘मिसन ग्रासरुट’ अभियान चलाएको थियो । त्यसले जनतामा प्रभाव छाड्न नसकेको देखियो नि ?

अहिले नै यो मिसन ग्रासरुटको प्रभाव उपनिर्वाचनमा पर्‍यो परेन भनेर समीक्षा गर्ने बेला भएको छैन । बल्ल हामी अहिले मिसन ग्रासरुटको बारेमा जिल्ला जिल्लामा र प्रदेशमा समीक्षा गरिरहेका छौं ।

अहिले नै त्यो दुइटा विषयलाई जोड्ने बेला भएको छैन । तर, जे भए पनि एउटा कुरा सत्य हो हाम्रो अपिलले जनतालाई आश्वस्त तुल्याउन सकेन । त्यो परिस्थिति किन निर्माण भयो भनेर त्यसका कारणहरु खोजी गरिरहेका छौं ।

– नयाँ दलप्रतिको आकर्षणलाई जनताको शान्त विद्रोहको रुपमा लिन सकिन्छ कि सकिँदैन ?

यसलाई हतारिएर कुनै निष्कर्षमा पुग्नु उचित हुँदैन । नेपाली समाजमा असन्तुष्टिहरुलाई भड्काउन सजिलो छ । त्यही असन्तुष्टिलाई राजनीतिक मुद्दा बनाउन सजिलो छ । समाजमा अहिले धेरै समस्या छन् । त्यसैले पुराना र मूलधारका पार्टीहरुलाई आलोचना गर्न सजिलो भएको छ ।

नेपाली समाजमा असन्तुष्टिहरुलाई भड्काउन सजिलो छ । त्यही असन्तुष्टिलाई राजनीतिक मुद्दा बनाउन सजिलो छ । समाजमा अहिले धेरै समस्या छन् । त्यसैले पुराना र मूलधारका पार्टीहरुलाई आलोचना गर्न सजिलो भएको छ ।

अहिले उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि मुख्य रणनीति त्यही अवलम्बन गरेको छ । समस्या देखाउन होइन समस्या समाधानका विकल्पहरु छन् कि छैनन् ? समस्या समाधान ठोस कार्यसूचीहरु छन् कि छैनन् ? कार्ययोजनाहरु छन् कि छैनन् भन्ने हो । यो ढंगको पपुलिजमको एउटा मुख्य समस्या भनेको उहाँहरुले समस्याहरु प्रस्तुत गर्नुहुन्छ । तर, समाधानका विकल्पहरु प्रस्तुत गर्न सक्दैनन् । त्यसले कालान्तरमा जनतामा झन बढी निराश फैलिनसक्ने देखिन्छ । अहिले जुन आशा जगाउन सफल हुनुभएको छ, त्यो पूरा नहुँदा त्यसले उत्पन्न गर्ने निराशाले झन समाजलाई बढी अस्थिर र अराजकता बढाउनसक्छ । त्यो कुरामा हामी गम्भीर हुनुपर्छ । त्यसैले अहिले नै मौन विद्रोह, शान्तिपूर्ण क्रान्ति आदि जेजस्ता खालका नामकरण गर्ने गरिएको छ समाजिक सञ्जाल वा सञ्चारमाध्यमहरुमा त्यो निष्र्कष निकाल्नु चाहिँ हतारो हुन्छ ।

यही रुपको लहर २०६४ सालको संविधानसभाको निर्वाचनमा माओवादीले पनि ल्याएको थियो । मधेस केन्द्रित दलहरुले पनि त्याएका थिए । तर, ती कुरा टिकेनन् । उहाँहरु राजनीतिक विचारधाराबाट हुनुहुन्थ्यो । तर पनि टिकेनन् भनेपछि अहिले नै विद्रोह हो, क्रान्ति हो भनेर नयाँ बाटोबाट राजनीति लागेको भन्ने निष्कर्षमा पुग्नु हतारो हुन्छ ।

– भनेपछि नयाँ शक्तिको रुपमा उदाएको रास्वपा धेरै समय टिक्दैन भन्ने तपाईंको बुझाइ हो ?

यदि उहाँहरुले अहिले उठाएको समस्याको समाधान उठाउन सक्नुभएन भने त्यो सम्भावना रहन्छ । उहाँहरुले राम्रो गर्नुस्, शुभकामना पनि छ । तर, प्रश्न तेर्स्याउन जति सजिलो छ, उत्तर दिन धेरै गाह्रो हुन्छ ।

अहिले त उहाँहरुले प्रश्न उठाइराख्नु भएको छ । समस्या तेर्स्याएर पुराना शक्ति र सरकारमा रहेका दलहरुलाई आलोचना गरिराख्नुभएको छ । त्यो त गाह्रो कुरा भएन । गाह्रो कुरा त उहाँहरुसँग अहिले उठाएको प्रश्न समाधान गर्ने विकल्प छ कि छैन भन्नेमा रहन्छ । कस्तो कार्यशैलीले कुन साधनस्रोतका आधारमा अगाडि सारेको समस्या समाधान हुन्छ, गर्नुहुन्छ भन्ने प्रश्न हो ।

त्यसका लागि उहाँहरु कसरी प्रस्तुत हुनुहुन्छ भन्ने हेर्न बाँकी छ । अहिले त भर्खरै आउनुभएको मात्रै छ । अहिले नै निष्कर्षमा पुग्ने बेला भएको छैन । तर, संसारभरको ट्रेन हेर्दा पपुलिजम समस्या प्रस्तुत गर्नमात्रै सफल देखिन्छ समाधानमा सफल भएको देखिँदैन ।

– यो परिणामले एमाले, कांग्रेस, माओवादीसहित ठूला दलहरुलाई चुनौती खडा गर्‍यो नि ?

केही चुनौती अवश्य थपिएका छन् । हामीले गएको स्थानीय तहदेखि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाटै पार्टीको कार्यशौली, मुद्दा र पार्टीका प्राथमिकताहरुमा केही न केही फेरबदल गर्नुपर्छ भन्ने निष्कर्षका साथ अभियान चलाएका छौं ।

यो ढंगको पपुलिजमको एउटा मुख्य समस्या भनेको उहाँहरुले समस्याहरु प्रस्तुत गर्नुहुन्छ । तर, समाधानका विकल्पहरु प्रस्तुत गर्न सक्दैनन् । त्यसले कालान्तरमा जनतामा झन बढी निराश फैलिनसक्ने देखिन्छ । अहिले जुन आशा जगाउन सफल हुनुभएको छ, त्यो पूरा नहुँदा त्यसले उत्पन्न गर्ने निराशाले झन समाजलाई बढी अस्थिर र अराजकता बढाउनसक्छ ।

त्यसैले यो निर्वाचनको परिणामअघि नै हामीले नयाँ ढंगबाट अगाडि बढ्नुपर्छ भनेर लागिसकेका छौं । त्यसले गर्दा हामीले केही बल पु¥याउने अनुमान गरेका छौं ।

– नयाँ ढंगले अगाडि बढ्छौं भन्नुभयो । विकल्प के के हुन् ?

मुख्यगरी मतदाताको मनोविज्ञान बुझ्दा ठोस कुराको डेलिभरी खोजेको देखिन्छ । सुशासन, सेवा प्रवाह, रोजगारी सिर्जनाको क्षेत्रमा सोचे जस्तो काम हुन नसकेको कुरा यथार्थ हो । त्यसो भएर अब हाम्रो ध्यान डेलिभरीमा जान जरुरी हुन्छ ।

अहिले त हामी सरकारमा छैनौं । सरकारमा नहुँदा डेलिभरीको निम्ति दबाब दिने हाम्रो भूमिका हो । त्यहीअनुसार जनताको मुद्दा र एजेण्डालाई सशक्त रुपमा प्रस्तुत गर्नेमा हाम्रो ध्यान जान्छ ।

– उपनिर्वाचन सकियो । कतिपयले अब यो सरकार ढाल्न खेल हुने टिप्पणी गरिरहेका छन् नि !

अहिले हाम्रो त्यसमा कुनै रुचि छैन । त्यस्तो कुनै योजना पनि छैन ।

– यो सरकारको गतिविधिलाई कसरी हेर्नुभएको छ ?

अहिलेको सरकारले जनताको अपेक्षाअनुरुप काम गर्नसक्छ भन्ने लाग्दैन । खासगरी नेकपा नेतृत्वको सरकारको कार्यकालमा जुन ढंगले काम भएर मुलुक अगाडि बढ्दै थियो । जनतामा विश्वास जाग्ने गरी काम भइरहेको थियो । त्यसमा अदालतले हस्तपक्षेप गर्दै परमादेशबाट गठबन्धनको सरकार बन्ने र अत्यन्त मूल्यहीन गठबन्धन बनेर मुलुकको राष्ट्रिय राजनीतिलाई भागबन्डा र सत्ता स्वार्थको भूमरीमा फसाइएपछि जनतामा बढी निराशा बढेको हो ।

अहिले त उहाँहरुले प्रश्न उठाइराख्नु भएको छ । समस्या तेस्र्याएर पुराना शक्ति र सरकारमा रहेका दलहरुलाई आलोचना गरिराख्नुभएको छ । त्यो त गाह्रो कुरा भएन । गाह्रो कुरा त उहाँहरुसँग अहिले उठाएको प्रश्न समाधान गर्ने विकल्प छ कि छैन भन्नेमा रहन्छ ।

त्यही निराशा अहिले कुनै न कुनै रुपमा प्रकट भएको हो । अहिले सबैलाई एउटै डालोमा हालेर हेर्ने काम भयो । हामीले नेकपा एमाले अरुभन्दा फरक हो है भनेर जनताको बीचमा जसरी स्थापित गर्नुपर्थ्यो सकेनौं । यो सरकारको पछिल्लो क्रियाकलापले जनताको निराशालाई अझै बढाउने काम गरेको छ ।

– भनेपछि यो गठबन्धन सरकारले जनताको निराशालाई सम्बोधन गर्छ भन्ने विश्वास एमाले राख्दैन ?

मलाईं चाहिँ त्यस्तो लाग्दैन । आज पनि उहाँहरुको प्राथमिकता जनताको गुनासो सुन्नेतिर छैन । मुलुकलाई स्थिरता दिनेतर्फ नभएर अहिले पनि भागबन्डाकै खेलमा हुनुहुन्छ ।

केन्द्रमा केही असमझदारी भए पनि प्रदेश हाम्रो लागि नयाँ हो । प्रदेश संरचनाकै प्रश्न उठिरहेको बेलामा समेत उहाँहरुले सत्ता लेनदेनको अखडा बनाउने गरी जानुभएको छ । सरकारले अहिलेको मुलुकको गम्भीर अवस्थाबारे कहींकतै चिन्ता अहिलेको सरकारमा देखेको छैन ।

– सत्ता समीकरणको पाटो एकातिर होला । तर, पछिल्ला दिनमा प्रधानमन्त्री प्रचण्ड र माधव नेपालले नेकपा व्युँताउने घोषणा गर्नुभएको छ । त्यसलाई कसरी लिनुहुन्छ ?

त्यो एकदमै हाँस्यापद कुरा हो । उहाँहरुले त अब कम्युनिष्ट नाम नै छाड्दिए हुन्थ्यो, उहाँहरुको स्वास्थ्य र देशको राजनीतिका लागि पनि । कांग्रेसलाई नेता मानेर हिँडिसकेका साथीहरुले किन फेरि कम्युनिष्ट एकताको कुरा गर्नु ? बरु कांग्रेससँगै कुनै दीर्घकालीन एकताको विकल्प खोजे भ्रम चाहिँ हुँदैनथ्यो जनतामा । उहाँहरुले कम्युनिष्ट नाम लिनु भनेको कम्युनिष्ट शब्दलाई नै बदनाम र विवादास्पद बनाउनु हो ।

तर, नेकपा एमालेले त्यस्ता कुरामा कुनै रुचि राख्दैन र त्यो सम्भावना पनि छैन । त्यो त उहाँहरुले कांग्रेससँग बार्गेनिङको एउटा हतियारमात्रै बनाउनुभएको हो । त्यस्ता फण्डाहरु उहाँहरुले गरिराख्नुहुन्छ । कांग्रेसले सत्तामा नियन्त्रण बढाउन थालेपछि प्रचण्डजी विद्रोहको कुरा गर्नुहुन्छ । माओवादी घटकलाई एकै ठाउँमा ल्याउने कुरा गर्नुहुन्छ । यी सबै राजनीतिक स्टन्डमात्रै हुन् ।

– भनेपछि उहाँहरुले भने जस्तो नेकपा व्युँतिने सम्भावना छैन ?

छैन, कुनै सम्भावना छैन ।


प्रतिक्रिया

2 thoughts on “प्रचण्ड-माधवलाई प्रदीप ज्ञवालीको सुझाव- नेकपा व्युँताउन होइन, कांग्रेससँग दीर्घकालीन एकताको प्रयास गर्नुस्

  1. मलाई प्रदिप ज्ञवालीको भनाइ सारै चित्तबुझ्दो लाग्यो

  2. सहि भन्नुभएको छ प्रदीप सर ले माओवादी र माधवकुमार नेपाल संगै यिनका पार्टी काग्रेसमा विलय हुनुपर्छ ? सोच बिचार मिल्छ ! यिनिहरु कम्युनिस्ट नै रहेनन?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर