उपेन्द्र यादवको विजय जुलुसमा मधेसका मुख्यमन्त्रीको हात्तीमा सवारी – Nepal Press

उपेन्द्र यादवको विजय जुलुसमा मधेसका मुख्यमन्त्रीको हात्तीमा सवारी

जनकपुरधाम । प्रतिनिधिसभा सदस्यका लागि बारा २ मा भएको उपनिर्वाचनमा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव विजयी भएपछि हात्तीसहितको जुलुस निकालिएको छ ।

बारा क्षेत्र नम्बर २ मा जसपाका नेता, कार्यकर्ता, समर्थक र मधेसका मुख्यमन्त्री सरोजकुमार यादव र अन्य मन्त्रीहरुसमेत विजयी जुलुसमा सहभागी भएका थिए । उक्त जुलुसमा मुख्यमन्त्री यादव हात्तीमा सवार थिए ।

जुलुसमा प्रयोग भएको हात्ती कहाँबाट ल्याइएको हो केही खुलेको छैन । यादवको जीत ऐतिहासिक भएको भन्दै विजयी जुलुस भव्य बनाउन हात्तीसमेत प्रयोग गराएको बताइएको छ । हात्तीमा हार्दिक बधाई लेखिएको ब्यानरसमेत राखिएको छ ।

जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई पराजित गर्दै सो क्षेत्रबाट यादव विजयी भए । यादवलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस र लोसपाको समर्थन थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर