विद्यार्थी आन्दोलनको अबको बाटो – Nepal Press

विद्यार्थी आन्दोलनको अबको बाटो

२००७ सालमा राणा शासन ढल्यो । २०४६ सालमा पञ्चायत ढल्यो र २०६२/६३ सालको जनआन्दोलनको जगमा राजतन्त्र ढल्यो । यी सबै राजनीतिक परिवर्तनका पछाडि विद्यार्थी आन्दोलनको ठूलो भूमिका रहेको छ । यदि कसैले इतिहासलाई अवमूल्यन गर्छ भने व्यवस्थालाई सम्मान गरेको मानिँदैन ।

आज हामी जुन राजनीतिक व्यवस्थामा छौं, विद्यार्थी आन्दोलनको आवश्यकता अझ बढी नै छ । २०६२/६३ सालमा राजतन्त्रको अन्त्यपछि गणतन्त्र आयो । त्यो आन्दोलनमा जो जो फ्रन्टलाइनमा खटिएका थिए, उनीहरू आज फ्रन्टलाइनमा छैनन् । यो शासन व्यवस्थामा जनआन्दोलनका योद्धाहरूलाई कुनामा पारियो । विद्यार्थी नेताहरू आफ्नो पार्टी र यो व्यवस्थामा अग्रपंक्तिमा हुनुपर्थ्यो । तर, यथार्थमा त्यस्तो भएन ।

आजको सत्ताले शैक्षिक परिवर्तन, युवा, रोजगारी जस्ता विषयलाई प्राथमिकतामा राखेन । आममानिसमा निराशा व्याप्त छ । युवाहरूले रोजगारी खोजिरहेका छन् । स्वदेशमै सम्भावना खोज्ने नेपालीहरू केही सीप नलागेपछि विदेशिन बाध्य छन् । देशमा जताततै समस्या छ, तर सत्ता भने आफ्नै धुनमा छ । जनताका समस्या र जनगुनासा सुन्ने फुर्सद आज कसैलाई छैन । विद्यार्थी आन्दोलन कमजोर हुँदै गयो । त्यसले आफ्नो बाटो पहिल्याउन सकेन । व्यवस्था परिवर्तनपछि शैक्षिक क्रान्ति हुनुपर्छ भन्ने भयो । तर, परिणाम देखिएन ।

केही दिनअगाडि फेसबुकमा एउटा स्टाटस पढें, एक जनाले लेख्नुभएको थियो । देशमा यति धेरै सहकारी ठगी भइरहेको छ । समाचार पर्याप्त आइरहेका छन् । यस्तो बेला विद्यार्थी संगठनहरू कहाँ छन् ? यसले पनि विद्यार्थी आन्दोलनको औचित्य थप झल्काउँछ । हरेक कालखण्डमा कुनै समस्या पर्दा वा देशमा संकट आइलाग्दा विद्यार्थी आन्दोलनको जरूरत छ भन्ने देखिएको छ ।

आजको सत्ताले शैक्षिक परिवर्तन, युवा, रोजगारी जस्ता विषयलाई प्राथमिकतामा राखेन । आममानिसमा निराशा व्याप्त छ । युवाहरूले रोजगारी खोजिरहेका छन् । स्वदेशमै सम्भावना खोज्ने नेपालीहरू केही सीप नलागेपछि विदेशिन बाध्य छन् । देशमा जताततै समस्या छ, तर सत्ता भने आफ्नै धुनमा छ ।

विद्यार्थी आन्दोलनप्रति समाजका धेरै अपेक्षा रहेछन् भन्ने यसबाट बुझिन्छ । विद्यार्थी आन्दोलन कमजोर भएरै केही नयाँ पार्टीहरू उदाए । जसको लामो राजनीतिक संघर्ष थिएन । अपरिपक्व व्यक्तिले नेतृत्व गर्दा समाज कहाँ पुग्ला ? समाजलाई सही बाटोमा डोर्‍याउन पनि विद्यार्थी आन्दोलनको महत्वपूर्ण भूमिका रहन्छ ।

अहिले विद्यार्थी आन्दोलनमा केही समस्या छन् । विद्यार्थी संगठनहरु मुद्दाविहीन अवस्थामा छन् । अबको विद्यार्थी आन्दोलनले नयाँ विषय र मुद्दा बोक्नुपर्छ । नयाँ पुस्ता नेपाली समाजबाट टाढा गए जस्तो भान हुन्छ । जसले गर्दा पूरै राजनीतिक व्यवस्था कमजोर बनाइरहेको छ । तपाईं इतिहासलाई स्वीकार्नुहुन्न भने वर्तमानलाई पनि स्वीकार्नुहुन्न । विद्यार्थीहरूले नेपालको भूगोल, भाषा, इतिहास, प्रकृति, राजनीति र समसामयिक मुद्दा बुझ्न जरूरी छ ।

हाम्रा विश्वविद्यालयमा समस्यैसमस्या छन् । विश्वविद्यालय प्राज्ञिक थलो हो । कुलपति बोर्ड अफ ट्रस्टीको आधारमा नियुक्त हुनुपर्छ । विश्वविद्यालयले प्रयोगात्मक ज्ञान बाँड्नुपर्छ । जबसम्म रोजगारमूलक र व्यवहारिक शिक्षा प्रदान गरिँदैन तबसम्म शिक्षाको सार्थक हुँदैन । शिक्षा र स्वास्थ्य सबैका लागि निःशुल्क नहुँदासम्म समाज रुपान्तरणको अपेक्षा गरिँदैन । सबैभन्दा मूल विषय नै यहीनेर छ । निःशुल्क शिक्षा र स्वास्थ्य नहुँदासम्म समाजमा निराशा छाइरहन्छ । नेपालीहरु विदेशिने क्रम रोकिँदैन । नेपालमा भरपर्दो सामाजिक सुरक्षा नभएका अहिले देश छाडेर जानेहरू बढिरहेका छन् । सत्ताले यसतर्फ ध्यान दिन जरूरी छ ।

हामीले रचनात्मक र सिर्जनात्मक तरिकाले अघि बढ्न जरूरी छ । त्यसैका लागि मेहनत गरिरहेका छौं । पढे, लेखेका र फरक खालको क्षमता भएका विद्यार्थीहरूले एक्सपोजर पाएका छैनन् । कतिपयमा क्षमता, सीप भएर पनि के गर्ने ? कसरी अगाडि बढ्ने भन्ने अन्योल छाएको देखिन्छ । सबै खालका विद्यार्थीहरूको भविष्यलाई मध्यनजर गर्दै हामीले यसै जेठ १, २ र ३ गते विद्यार्थी महोत्सव २०८१ को आयोजना गरेका छौं । यो हाम्रो पहिलो सुरूवात हो । यो सम्भावनाहरूको महोत्सव हो ।

शिक्षा र स्वास्थ्य सबैका लागि निःशुल्क नहुँदासम्म समाज रुपान्तरणको अपेक्षा गरिँदैन । सबैभन्दा मूल विषय नै यहीनेर छ । निःशुल्क शिक्षा र स्वास्थ्य नहुँदासम्म समाजमा निराशा छाइरहन्छ । नेपालीहरु विदेशिने क्रम रोकिँदैन । नेपालमा भरपर्दो सामाजिक सुरक्षा नभएका अहिले देश छाडेर जानेहरू बढिरहेका छन् । सत्ताले यसतर्फ ध्यान दिन जरूरी छ ।

नेपालमा सबै क्षेत्रमा अथाह सम्भावना र अवसरहरू छन् । पर्यटन, कृषि, विज्ञान तथा प्रविधि, कानूनलगायत सबै क्षेत्रमा सम्भावना भए पनि त्यसलाई हामीले सदुपयोग गर्न सकिरहेका छैनौं । छलफल, बहस, समन्वयविना हामी अगाडि बढ्न सक्दैनौं । सबै वर्ग र क्षेत्रका व्यक्तिहरूबीच समन्वय गर्न हामी एक ठाउँमा गोलबद्ध हुन जरुरी छ । नेपालमा अवसर छैन, केही गर्न सकिँदैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसलाई चिर्न जरूरी छ । जबरजस्ती निर्माण भएको त्यो भाष्य मेटाउन हामी सबैको भूमिका रहन्छ । हामीले आआफ्ना ठाउँबाट सक्ने भूमिका खेल्यौं भने त्यो भ्रम चिर्न धेरै समय लाग्दैन ।

नेपालका नीति निर्माता, राजनीतिकर्मी, मिडियाकर्मी, अभियन्ता, शिक्षकलगायत सबैले बलियो भूमिका खेलेनन् । जसको परिणाम अहिले हामीले भोगिरहेका छौं । हामी निराशातर्फ धकेलिरहेका छौं । प्रकृतिमाथि शक्ति राष्ट्रले दोहन गरेर पूँजीवादी मुलुक समृद्ध भइरहेका छन् । उनीहरुसँग तुलना गरेर हामी दुःखी भयौं । विगत १० वर्षमा नेपालमा केही भएन त ? अवश्य नै धेरै परिवर्तन भएका छन् । सत्तामा बस्नेहरुले ती कुरालाई राम्रोसँग बुझाउन सकेनन् । समाजको विद्वत वर्गले त्यो कुरा बुझाउन सकेन । निराशाको खेती बढी भयो । जसको फाइदा अरूले नै लिए ।

विद्यार्थी महोत्सव २०८१ मा विभिन्न १४ वटा विधामा कार्यक्रम हुनेछन् । जसबाट समाजका सबै वर्ग र पेशाका व्यक्तिहरुले फाइदा लिन सक्नेछन् । अन्योलमा रहेका विद्यार्थीहरुले सही परामर्श लिन पाउनेछन् । यस महोत्सवमा करिअर काउन्सिलिङ, युथ पार्लियामेन्ट, पोलिसी मेकिङ, पर्यटन, कानून, गीत संगीत, विज्ञान तथा प्रविधिलगायत अन्य विषयवस्तुमा पर्याप्त जानकारी लिन सकिनेछ । नेपालको शिक्षा प्रणालीबारे हामी बहस गर्नेछौं । सबै क्षेत्रका विज्ञ व्यक्तिहरुलाई यस महोत्सवमा भेट्न सकिनेछ । लाइभ पेन्टिङ, ई-गेमिङ र सांगीतिक कार्यक्रम यस महोत्सवका विशेष आकर्षण रहनेछन् ।

पहिले पहिले विद्यार्थी आन्दोलनलाई हेर्ने नजर बेग्लै थियो । विद्यार्थी आन्दोलन खाली ढुंगामुढा गर्ने, झगडा गर्ने, कुनै कुराको विरोधमात्र गर्ने रुपमा चित्रित गरिन्थ्यो । अब हामीले बेग्लै छाप छोड्न जरूरी छ । हामी आफैं फेरिन, रचनात्मक र सिर्जनात्मक हुन जरूरी छ । हाम्रो देशको इतिहास, भूगोल, प्रकृति, हिमाल, संस्कृति, पर्यावरण, पर्यटन, भाषाबारे आउने पुस्तालाई बुझाउन जरूरी छ । नेपालमै सकिन्छ, नेपालमै केही गर्नुपर्छ, स्वदेशमै सम्भावना छ भन्ने कुरा बुझाउनु हाम्रो दायित्व हो । नेपाल बनाउने हाम्रै पुस्ताले हो । युवाहरूलाई सही बाटोमा डोर्‍याउनु हाम्रो कर्तव्य हो । यसैमा हामी सबैको सुन्दर भविष्य जोडिएको छ ।

(गिरी अनेरास्ववियु उपाध्यक्ष एवं विद्यार्थी महोत्सव २०८१ का कार्यक्रम संयोजक हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *