इतिहासकार ज्ञानमणि नेपालको निधन – Nepal Press

इतिहासकार ज्ञानमणि नेपालको निधन

काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ । लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचारका क्रममा मंगलबार मध्यान्ह सवा १२ बजे निधन भएको हो ।

शुक्रबार उनलाई सिभिल अस्पतालबाट गंगालाल हुँदै मनमोहनमा भर्ना गरे पनि सुधार हुन नसकेको नेपालका भाइ एकमणि नेपालले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार मंगलबार दिउँसो तीन बजे पशुपति आर्यघाटमा अन्त्येष्टी  गरिनेछ ।

नेपालको प्राचीन तथा मध्यकालीन इतिहासबारे गहिरो अध्ययन गरेका नेपालको ९२ वर्षको उमेरमा निधन भएको हो । उनकी श्रीमतीको केही वर्षअघि नै निधन भइसकेको थियो भने उनका दुई छोरा रहेका पारिवारिक स्रोतले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *