मुकुन्दको निर्देशनमा फिल्म ‘चोर पुलिसः टम एन्ड जेरी’को घोषणा – Nepal Press

मुकुन्दको निर्देशनमा फिल्म ‘चोर पुलिसः टम एन्ड जेरी’को घोषणा

काठमाडौं । निर्देशक मुकुन्द भट्टले फिल्मको घोषणा गरेका छन् । म्याक मिडिया एन्ड सर्भिसेस प्रालिको ब्यानरमा मुकुन्दको निर्देशनमा फिल्म ‘चोर पुलिसः टम एन्ड जेरी’को घोषणा गरिएको हो । यो फिल्मलाई कमेडी जनरामा निर्माण गर्ने मुकुन्दको भनाई छ ।

सुदिप चन्द्र बख्रेलको निर्माणमा तयार हुने फिल्मका लेखक मुकुन्द भट्ट, नरेश नाथ योगी र सुमन सुनारको रहेका छन् । पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा दीपक आरजे र राजु भट्टको संगीत, समिर खरेल र सुमन ढकाल कार्यकारी निर्माता छन् ।

यो फिल्ममा सौगात मल्ल, अर्पण थापा, शक्ति श्रेष्ठ, पुष्प खड्का, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सुपर गुरुङ, प्रमिला उप्रेति, इन्द्रप्रसाद खरेलको मुख्य भूमिका रहनेछ । फिल्मका लागि नायिकाको छनोट हुन बाँकी छ । फिल्मको छायांकन अमेरिका, क्यानडा, अष्ट्रेलिया र नेपालमा हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर