सबैभन्दा महंगो सेयर भएको युनिलिभरको प्रतिसेयर आम्दानी नै २ हजार बढी – Nepal Press

सबैभन्दा महंगो सेयर भएको युनिलिभरको प्रतिसेयर आम्दानी नै २ हजार बढी

काठमाडौं । युनिलिभर नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४८ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

गत वर्ष यसै अवधिमा कम्पनीले ३७ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो नाफा गत आर्थिक वर्षको तुलनामा ३०।४६ प्रतिशतले कम हो । कम्पनीको प्रतिसेयर आम्दानी पनि केही घटेको छ ।

गत वर्ष २ हजार १ सय ५२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर २ हजार २०२ रुपैयाँ (वार्षिक) पुगेको छ । युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ४ अर्ब २६ करोड रुपैयाँ जम्मा भएको छ ।

प्रतिसेयर नेटवर्थ ३ हजार १ सय ६२ रुपैयाँ कायम छ ।यस अवधिमा कम्पनीको सञ्चालन आम्दानी १।५२ प्रतिशतले बढेर १ अर्ब ९९ करोड कायम भएको छ ।

गत वर्ष कम्पनीले १ अर्ब ९६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीले खर्च भने १ अर्ब ५४ करोड रुपैयाँबाट घटाएर १ अर्ब ४५ करोड रुपैयाँमा झारेको छ ।

लगानीकर्तालाई युनिलिभर नेपालले गत वर्षको नाफाबाट १ हजार ५ सय ८० प्रतिशत नगद लाभांश वितरण गरेको छ । अहिले युनिलिभरको सेयर मूल्य ३८ हजार ४ सय रुपैयाँ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *