बन्दना राणालाई यूएन सिडको उम्मेदवारी प्रचारप्रसार गर्न सरकारले दियो १४ लाख – Nepal Press

बन्दना राणालाई यूएन सिडको उम्मेदवारी प्रचारप्रसार गर्न सरकारले दियो १४ लाख

काठमाडौं । संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा महिलाविरुद्ध हुने हिंसा उन्मूलनका लागि कार्यरत समिति (सिड)मा नेपालको तर्फबाट उम्मेदवारी दिएकी बन्दना राणालाई प्रचारप्रसार गर्न सरकारले १४ लाख रुपैयाँ सहयोग दिएको छ ।

रकमान्तर गरेर परराष्ट्र मन्त्रालयमार्फत उनलाई सो रकम उपलब्ध गराइएको हो । गत साउन २३ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई सो रकम उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ । चुनाव आगामी जुन ७ मा हुँदैछ ।

महिलाविरुद्ध हुने सबैखाले हिंसा उन्मूलनसम्बन्धी सन्धिमा हस्ताक्षर गर्ने पक्ष राष्ट्रका प्रतिनिधिहरूले यसअघि पनि उनलाई कमिटीको प्रतिनिधिमा चुनेका थिए । राणा सिड कमिटीमा चयन हुने पहिलो नेपाली सदस्य पनि हुन् ।


प्रतिक्रिया

One thought on “बन्दना राणालाई यूएन सिडको उम्मेदवारी प्रचारप्रसार गर्न सरकारले दियो १४ लाख

  1. ऊनी आफैं खर्च गर्न सक्षम महिला हुन! सरकारी बजेटको दुरुपयोग हो यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर