बारा २ मा रोचक प्रतिस्पर्धा : मतान्तर घटाउँदै शिवचन्द्र कुशवाहा – Nepal Press

बारा २ मा रोचक प्रतिस्पर्धा : मतान्तर घटाउँदै शिवचन्द्र कुशवाहा

जनकपुरधाम । बारा २ को उपनिर्वाचनमा रोचक प्रतिस्पर्धा देखिएको छ । महागढीमाई नगरपालिकाको मत गणना भइरहँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले मतान्तर घटाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार उपेन्द्र यादवले १८ हजार ८०८ मतका साथ अग्रता कायम राख्दा जनमतका कुशवाहाले १५ हजार ४८५ मत पाएका छन् ।

आज मध्यान्हसम्म उपेन्द्रले ५ हजार बढी मतले लिड गरेका थिए । तर, अहिले उनीहरुबीच ३ हजार ३२३ मतको मतान्तर देखिएको छ । महागढीमाई नगरपालिकामा जनमतका उम्मेदवार कुशवाहाले बढी मत ल्याएपछि मतान्तर घटेको हो ।

नेकपा एमालेका पुरुषोत्तम पौडेल ५ हजार ५६३ मत ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २ हजार २६८ मतका साथ चौथो स्थानमा संघर्षरत छन् ।

महागढीमाई नगरपालिकामा जनमतका नेताहरुले पनि आफ्नो मत बढ्ने अनुमान गरेका थिए । उनीहरुले अझै चुनाव जित्ने दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर