उपेन्द्रले बढाए रफ्तार, हर्नले पछ्याउँदा घण्टी चौथो – Nepal Press

उपेन्द्रले बढाए रफ्तार, हर्नले पछ्याउँदा घण्टी चौथो

काठमाडौं । बारा २ मा जसपाका उपेन्द्र यादवले १५ हजार मत कटाएका छन् । पछिल्लो अपडेटअनुसार यादवले १५ हजार ९८० मत ल्याएर लिड गरेका छन् ।

उनलाई जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ११ हजार १९८ मत ल्याएर पछ्याइरहेका छन् । उनीहरूबीच ४ हजार ७५५ मतान्तर छ ।

यस्तै, एमालेका पुरुषोत्तम पौडेलले ५ हजार १४१ मत ल्याएर तेस्रो हुँदा रास्वपाका रमेश खरेलले २ हजार १२९ मत ल्याएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर