विश्व बौद्ध सम्मेलनमा डा. खेन्पो छिरिङको भाषण- बुद्ध नेपालमा जन्मेका भन्न नसक्नु अपमान हो (भिडिओ) – Nepal Press

विश्व बौद्ध सम्मेलनमा डा. खेन्पो छिरिङको भाषण- बुद्ध नेपालमा जन्मेका भन्न नसक्नु अपमान हो (भिडिओ)

काठमाडौं । संविधानसभा सदस्य समेत रहेका बौद्ध धर्म गुरु डा.खेन्पो छिमे छिरिङले गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्न नसक्नु बुद्धको अपमान हुने बताएका छन् ।

उनले बुद्ध नेपालमा जन्मेको र भारतमा ज्ञान प्राप्त गरेको विषयलाई विश्व बौद्ध सम्मेलनमा महत्वका साथ उठाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेको विश्व बौद्ध सम्मेलनमा उनले सम्बोधन गर्दा भारतीय मन्त्री तथा विशिष्ठ व्यक्तिहरु सहभागी थिए ।

लामाले भारत बुद्दको पनि पवित्र भूमि भएकोमा कुनै द्वविधा नभएको बताउँदै कुनै बेलाको गणराज्य लुम्बिनीमा बुद्ध जन्मिएको भन्न कसैले आनाकानी गर्नु नपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *