भक्तपुरमा मनाइयो सिन्दुरे जात्रा (तस्बिरहरु/भिडिओ) – Nepal Press

भक्तपुरमा मनाइयो सिन्दुरे जात्रा (तस्बिरहरु/भिडिओ)

भक्तपुर । भक्तपुरको मध्यपुरथिमी क्षेत्रमा सिन्दुरे जात्रा मनाइएको छ। मध्यपुर थिमिमा बासिन्दाले शनिबार बिहान ३२ खटसहितको सिन्दुरे जात्रा मनाएका हुन् ।

थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराइएको थियो। बिस्केट जात्राको अवसरमा थिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर