दयाहाङ र मिरुनाको ‘जारी’ अष्ट्रेलियामा पनि रिलिज हुने – Nepal Press

दयाहाङ र मिरुनाको ‘जारी’ अष्ट्रेलियामा पनि रिलिज हुने

काठमाडौं । नयाँ वर्षको अवसर पारेर यही बैशाख १ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘जारी’ अष्ट्रेलियामा पनि रिलिज हुने भएको छ ।

अष्ट्रेलियाका विभिन्न शहरहरूमा रिलिजको तयारीमा रहेको चलचित्र अप्रिल १६ र १७ तारिख अर्थात बैशाख ३ र ४ गते सिड्नीको अर्बनका हलहरुमा प्रदर्शन हुने भएको छ ।

यसैगरी यो चलचित्र अप्रिल १८, २१ र २३ मा अष्ट्रेलियाको राजधानी क्यानवेरामा प्रदर्शन हुने बताइएको छ । ‘जारी’ नेपालीहरूको नयाँ वर्षको अवसर पारेर बैशाखको पहिलो हप्तादेखि अष्ट्रेलियाका अन्य शहरहरू मेलबर्न, ब्रिसवेन, एडिलेड, पर्थ, डार्विन र तास्मानियामा पनि क्रमशः प्रदर्शन गर्ने तयारी भैरहेको छ ।

चलचित्र जारीको सिड्नी शोको तयारी भने एस पिपुल एजुकेसन एण्ड भिसा सर्भिसेस र नेपोज एजुकेसन भिसा सर्भिसले गरेको हो ।

ठेट नेपाली शब्द, अर्गानिक नेपाली कथावस्तु र परिवेशका कारण चलचित्रको ट्रेलरले चर्चा बटुलेपछि यो चलचित्रको माग अष्ट्रेलियामा बढेको हो । अष्ट्रेलियामा नेपाली चलचित्रको बजार बनाउन सफल रोशन भट्टराईको समूहले चलचित्र अष्ट्रेलियामा प्रदर्शन गर्ने चाँजोपाँजो मिलाएको हो ।

रामबाबु गुरुङ निर्देशित चलचित्र ‘जारी’ मा दयाहाङ राई र मिरुना मगर मुख्य पात्रमा देखिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *