दीपकराजको कटाक्ष- फुर्सद भाे, म पनि रविविरुद्ध एउटा मुद्दा हाल्दिउँ कि क्या हो ? – Nepal Press

दीपकराजको कटाक्ष- फुर्सद भाे, म पनि रविविरुद्ध एउटा मुद्दा हाल्दिउँ कि क्या हो ?

काठमाडौं । चलचित्र निर्माता तथा अभिनेता दिपकराज गिरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दामाथि मुद्दा खापिएकोप्रति घुमाउरो असन्तुष्टि प्रकट गरेका छन् ।

उनले फेसबुकमा कटाक्षपूर्ण स्टाटस लेख्दै असन्तुष्टि पोखेका हुन् । गिरीले फुर्सदको समयमा लामिछानेलाई मुद्धा हालौँ ? भन्ने व्यंग्यात्मक प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘अलिकति फुर्सद पनि भो । के गर्ने होला ? एउटा मुद्दा म पनि हाल्दिउँ कि क्या हो रवि लामिछाने लाई ?’

रविविरुद्ध यसअघि उनको नागरिकतालाई लिएर मुद्दा दायर भएको थियो । सो मुद्दाको फैसलापछि उनले सांसद पद गुमाएका थिए । पुनः कानूनीरुपमा नागरिकता प्राप्त गरेर निर्वाचन प्रक्रियामा अघि बढिरहेका छन् ।

अहिले फेरि उनीविरुद्ध पासपोर्ट दुरुपयोगको मुद्दा चलिरहेको छ । मुद्दा हाल्ने एकै व्यक्ति युवराज सफल हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *