प्रतिष्ठाको विषय बन्दै चितवन-२, दुई दर्जनले दिए उम्मेदवारी – Nepal Press

प्रतिष्ठाको विषय बन्दै चितवन-२, दुई दर्जनले दिए उम्मेदवारी

हेटौँडा । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनको लागि चितवन क्षेत्र नंबर २ मा २४ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यको अनुसार उम्मेद्वारी दर्ता गर्नेहरुमध्ये १२ जना राजनीतिक दलका प्रतिनिधिहरु रहेका छन् भने १२ जना स्वतन्त्र ब्यक्तिहरु रहेका छन् ।

२४ जना उम्मेदवार मध्ये २ जना महिला रहेको आचार्यले बताए । निर्वाचन कार्यक्रम अन्र्तगत २१ गते दाबी विरोधको लागि समय दिईएको छ भने २३ गते उम्मेदवारलाई चुनावचिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ ।

यो पटक चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एमाले तथा नेपाली कांग्रेसबीच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको छ ।

नागरिकता विवादमा मुछिएपछि तत्कालिन सांसद रवि लामिछानेको सांसद पद खारेज भएपछि हुन लागेको उपनिर्वाचनमा पुनः रवि स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार बनेका छन भने एमालेबाट गत मंसिरमा चितवन ३ बाट अन्तिम समयमा ब्याक भएका रामप्रसाद न्यौपाने तथा नेपाली कांग्रेसबाट निवर्तमान उपसभापति जितनारायण श्रेष्ठबिच त्रिपक्षिय प्रतिस्पर्धा हुने देखिएको हो ।

गत निर्वाचनमा एमाले र कांग्रेसको उम्मेदवार भन्दा दोब्बर बढि मत ल्याएर विजयी भएका लामिछानेले आज उम्मेद्वारी दर्ताको क्रममा यो पटक पनि जित निश्चित भएको दाबी गर्दा कांग्रेस र एमालेका उम्मेदवारहरुले पनि परिणाम पहिलेको निर्वाचनको भन्दा फरक आउने र आ-आफ्ले जित्ने दाबी गरेका छन् ।

उपनिर्वाचन भएपनि राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस तथा नेकपा एमाले सहितका अन्य साना दलहरुले यो निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएका छन् ।

यही कारण मनोनयन दर्ताको क्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सह–महामन्त्री महालक्ष्मी उपाध्यय डिना सहितका केन्द्रीय नेताहरु उपस्थिती भएर श्रेष्ठले उम्मेदवारी दर्ता गर्दा एमालेबाट पनि केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डे, पोलिटब्युरो सदस्य गोकुल बास्कोटा सहितका केन्द्रीय नेताहरु मनोनयनको क्रममा चितवन पुगेका थिए ।

चितवन २ मा रास्वपा, कांग्रेस र एमाले बाहेक राप्रपा, जनमत, नेमकिपा लगाएतका अन्य १२ वटा दलका उम्मेदवारहरु पनि चुनावी मैदानमा उत्रिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर