यस्ता छन् कोशी प्रदेश मन्त्रिपरिषदका निर्णयहरु – Nepal Press

यस्ता छन् कोशी प्रदेश मन्त्रिपरिषदका निर्णयहरु

काठमाडौं । कोशी प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडी झापाको रिक्त निर्देशक पदमा अर्को व्यवस्था नभएसम्म प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ ।

त्यस्तै, आज बसेको २५ औं बैठकले पर्यटन, वन वातावरण मन्त्रालयद्वार पेश गरिएका प्रदेश वातावरण संरक्षण ऐन २०७६ र प्रदेश वन ऐन २०७७ स्वीकृत गर्ने पनि निर्णय गरेको छ ।

यस्ता छन् कोशी सरकारका निर्णयहरुः

आज मिति २०७९ चैत्र १३ गते बसेको कोशी प्रदेश सरकारको २५ औं मन्त्रिपरीषद बैठकका निर्णयहरुः

(१) प्रदेश प्रशिक्षण प्रतिष्ठान, कलबल्गुडी झापा को निर्देशक पद रिक्त भएको हुँदा अर्को ब्यवस्था नहुन्जेल सम्मका लागि निर्देशकका रुपमा प्रदेश सचिव कृष्ण सापकोटा लाई तोक्ने

(२) पर्यटन, वन वातावरण मन्त्रालय द्वारा पेश गरिएको देहाय बमोजिमका दुईवटा संसोधन विधेयक लाई प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने

(क) प्रदेश वातावरण संरक्षण ऐन २०७६
(ख) प्रदेश वन ऐन २०७७

(३) आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेश गरिएको समपुरक अनुदान कार्यविधि संसोधन प्रस्ताव पारित गर्ने,

(४) प्रदेश नामाकरणमा भुमिका खेल्ने प्रदेश सभा सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरु, प्रदेश सभा सचिवालय, प्रदेश सभामा उपस्थित सम्पुर्ण राजनीतिक दलहरु लाई धन्यवाद ज्ञापन गर्दै कोशी प्रदेशवासी लाई हार्दिक बधाई ज्ञापन गर्ने

(५) कोशी प्रदेश नामकरणका सम्बन्धमा चैत्र ५, २०७९ मा विराटनगरमा भएको विरोध कार्यक्रममा सहभाागि भई चैत १० गते श्री पदम लिम्बु (लाजेहाङ) को दुःखद निधन प्रति गहिरो दुःख व्यक्त गर्दै मृतक पदम लिम्बू प्रति हार्दिक श्रदाञ्जली एवं परिवार जनमा गहिरो दुःख एवम हार्दिक समवेदना प्रकट गर्दछ । तत्काल राहत स्वरुप मृतकका परिवारलाई रु तीन लाख उपलब्ध गराउने र यस सम्बन्धमा नेपाल सरकारद्वारा गठित छानवीन समितिलाई सहजीकरण गर्ने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर