१०० मिलियन डलर सुहलियत ऋण लिन वार्ता टोली गठन, यस्ता छन् सरकारका निर्णयहरु – Nepal Press

१०० मिलियन डलर सुहलियत ऋण लिन वार्ता टोली गठन, यस्ता छन् सरकारका निर्णयहरु

काठमाडौं । सरकारले १०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल गुणस्तरीय स्वास्थ्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट प्राप्त हुने १०० मिलियन सहुलियतपूर्ण ऋण तथा ३.८४ मिलियन अनुदान सहायतासम्बन्धी सम्झौतालाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने भएको हो ।

त्यस्तै, सरकारले यसअघि शहीद घोषणा भइ राजपत्रमा नाम प्रकाशित हुन बाँकी शहीदहरुको नाम प्रकाशित गर्ने पनि निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।

त्यस्तै, कतारको दोहामा सम्पन्न हुने अतिकम विकसित मुलुकहरुको पाँचौं संयुक्त राष्ट्रसंघीय सम्मेलनमा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई फागुन १९ देखि २३ गतेसम्मको भ्रमण स्वीकृति प्रदान गरिएको शर्माले बताइन् ।

यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर