बागमती प्रदेश सभाको बैठक बस्दै – Nepal Press

बागमती प्रदेश सभाको बैठक बस्दै

हेटौँडा। बागमती प्रदेश सभाको बैठक आज बस्दै छ ।बाग्मती प्रदेश सभाको पहिलो अधिवेशनको दशौं बैठक अपरान्ह २ः १० मा बोलाइएको हो ।

सम्भावित कार्यसुची अनुसार यसअघिका सरकारबाट जारी भएका अध्यादेशहरुको प्रतिस्थापन विधेयक पेस हुने सम्भावित कार्यसूची छ ।

सचिवालयका अनुसार निजामती कर्मचारीसँग सम्बन्धित दुई अध्यादेशको प्रतिस्थापन विधेयक आजको बैठकमा पेस हुनेछ ।

यस्तै, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन सम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पनि पेस गर्ने कार्यसूची छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर