परराष्ट्रमन्त्री राई र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता – Nepal Press

परराष्ट्रमन्त्री राई र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री डा. विमला राईसँग भेटवार्ता गरेका छन् ।

सोमबार सिंहदरबारमा भएको भेटवार्तामा द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो । भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने, विकास सहायता अभिवृद्धि गर्ने, गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि नयाँ अन्तर्राष्ट्रिय हवाई रुटलगायतका विषयमा कुराकानी भएको मन्त्री राईले जानकारी दिइन् ।

नेपालमा लगानीको वातावरण बनाउने, कनेक्टिभिटी, द्विपक्षीय व्यापारमा देखिने समस्या हल गर्ने, विद्युत् व्यापारलगायतका विषयमा पनि छलफल भएको उनले बताइन् ।

भारतका विदेश सचिव क्वात्रा परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा नेपालको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार काठमाडौं आएका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *