केन्द्रमा भयो भन्दैमा कर्णालीमा पनि गाईजात्रा नगरौँ : शाही


सुर्खेत । कर्णाली प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले केन्द्रमा जस्तै कर्णालीमा पनि गाईजात्रा नगर्न आग्रह गरेका छन् ।
प्रदेशसभाको पाँचौँ स्थापना दिवसको अवसरमा आफ्ना भनाइ राख्दै शाहीले संसद्, संसदीय व्यवस्था र संघीयतामा आइसकेपछि आज्ञापालक भएर अगाडि बढेपछि व्यवस्था अगाडि बढाउन नसक्ने धारणा व्यक्त गरे ।
शाहीले भने, ‘कर्मचारी नपठाउने, लोकसेवाले सूचना निकाल्न लाग्यो भने मुद्दा हाल्दिहाल्ने प्रदेश हो । कर्णाली कस्तो प्रदेश हिउँद हिउँ पर्ने बर्खा पानी पर्ने दुई सिजनलाई छलेर काम गर्नु पर्ने प्रदेश हो ।’
शाहीले मुख्यमन्त्रीलाई राजकुमार शर्मालाई लक्षित गर्दै भने, ‘जबसम्म समयमै हिँड्न सक्दैनौँ धेरै नराम्रा गर्यो होला, राम्रो गर्यौ होला त्यसलाई अनुभवी र अनुसरण गर्ने बानी तपाईँ हामीले राख्यौँ भने प्रदेश पक्कै सप्रेला र अगाडि बढ्ला ।