राष्ट्रपतिका लागि रोई कराइ गर्ने मेरो स्वभाव छैन : डा. बाबुराम भट्टराई  – Nepal Press

राष्ट्रपतिका लागि रोई कराइ गर्ने मेरो स्वभाव छैन : डा. बाबुराम भट्टराई 

पोखरा । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीको अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपतिका लागि आफूले रोइकराई नगर्ने बताएका छन् ।

पार्टीको गण्डकी प्रदेश समितिले शनिवार पोखरामा आयोजना गरेको जन वर्गीय सङ्गठनहरूको संयुक्त भेला तथा राजनीतिक अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै डा. भट्टराईले राष्ट्रपतिमा आफ्नो नाम पनि जोडिए पनि त्यसका लागि रोई कराइ नगर्ने बताएका हुन् ।

‘मैले पदका लागि कहिले खोजेन, हिजो प्रधानमन्त्री हुन्छु भनेर हिँडेको होइन । परिस्थितिले बनायो बनियो । जति सक्दो गरियो । अहिले पनि राष्ट्रपति भएछ भने ठिकै छ भएन छ भने त्यतिको निम्ति रोइकराई गर्ने मेरो स्वभाव पनि छैन,’ भट्टराईले भने ।

राष्ट्रपतिमा ३ वटा सम्भावना रहेको पूर्व प्रधानमन्त्री डा. भट्टराई जिकिर गरे ।

‘कांग्रेसले ठूलो पार्टी भएको नाताले हामीले पाउँछ भनेर र्‍याल काढ्नु स्वभाविक हो, एमालेले त पहिले प्रधानमन्त्री बनाउने बेलामा नै हामीले राष्ट्रपति हाम्रो हो भन्या हो भनेर ओली जी बोलिराख्नुभएको छ । भने अर्कोतिर उपप्रधानमन्त्री र अरू दलहरू छन्, उनीहरू चाहिँ किन त्यस्तो गर्नुपर्‍यो राष्ट्रपति भनेको त देशको साझा संविधानको रक्षक पनि हो । हिमाल, पहाड, तराई सबै जनता र राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायले पनि विश्वास गर्न सक्ने बनाऊ भन्ने छ, उनले भने, ‘कुन हुन्छ अहिले भन्न सकिँदैन, ३ वटै सम्भावना आजको दिनसम्म छ ।’

हालसम्म भएका राष्ट्रपति राष्ट्रको छवि बढाउने भन्दा नेताको हतियार भएको डा. भट्टराई आरोप लगाए । उनले भने, ‘हिजो बच्चा खालको राष्ट्रपति बनाउँदा खेरि राम्रो छवि भएन, चाहे पहिलो राष्ट्रपति या दोस्रो राष्ट्रपति, उहाँको छवि चाहिँ सम्मान बढाउने खालको भन्दा पनि कुनै एउटा नेताको हतियार जस्तो कमजोर पात्र भए भन्ने तर्क पनि छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर