बाँदर आतंकबारे संसदमा उठ्यो आवाज, मान्छेको उठीबास लाग्दैछ सरकारले केही गरोस् (भिडिओ) – Nepal Press

बाँदर आतंकबारे संसदमा उठ्यो आवाज, मान्छेको उठीबास लाग्दैछ सरकारले केही गरोस् (भिडिओ)

काठमाडौं । किसानले बाँदरका कारण पाएको दु:खबारे सदनमा कुरा उठेको छ ।

आज प्रतिनिधिसभाको शून्य समयमा बोल्दै केही सांसदले बाँदर नियन्त्रणका लागि सरकारको ध्यानाकर्षणसमेत गराए

एमाले सांसद सांसद इश्वरी रिजालले दोलखामा बाँदरको प्रकोपका कारण मानिसहरू खेती छाडेर बसाइँ सर्नुपरेको बताएका छन् ।

बाँदरको साम्राज्य बढेको भन्दै उनले सरकारसँग बाँदरको नियन्त्रणका लागि अध्ययन टोली बनाउन माग गरे ।

रिजालले भने ‘हामी कृषिमा आत्मनिर्भर हुने कुरा गर्छौं तर बाँदरले उठीबास लाएको छ, ने अब एउटा अध्ययन टोली बनाइयोस् र संविधानको भाग ३ को ३६ खाद्य अधिकारको सुरक्षाको निम्ति बाली बीमाको सुनिश्चितता गरियोस् ।’

अर्का सांसद कांग्रेसका चन्द्र भण्डारीले ऋण, सिँचाइ, मलबीउको अभावबाट पिल्सिएका किसान बनेका बाँदरको कारण अप्ठेरोमा परेको बताए ।

‘ग्रामीण भेगमा एउटी बूढीआमा कसौँडीमा भात पकाउँछिन् त्यो पनि बाँदरले लुटेर लगिदिन्छ । यो अवस्था छ ग्रामीण किसानको ’, उनले भने, ‘त्यतिमात्र होइन यो बाँदर प्रवृत्ति राज्यका चारै अङ्गतिर फैलिएको छ । यसलाई सजकतापूर्वक कसरी रोकथाम गर्ने हो सरकारको ध्यान आकर्षण होस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर