अस्ट्रेलियामा दुई हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु – Nepal Press

अस्ट्रेलियामा दुई हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । एउटा हेलिकोप्टर तटबाट केही फिट नजिकैको बालुवमाथि उत्तानो परेको थियो ।

‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्’ क्विन्सल्यान्डका प्रहरी सेवाका कार्यवाहक निरीक्षक ग्यारी वोरिलले भने ।

त्यस्तै दुर्घटनाग्रस्त हेलिकोप्टका पङ्खाहरू केही टाढा उछिट्टिएका थिए । दुर्घटना लगत्तै घटनास्थलमा उद्धार टोली र प्रहरी परिचालन गरिएको थियो ।

घटनाबारे अस्ट्रेलियाको यातायात सुरक्षा ब्युरोले अनुसन्धान सुरु गरेको छ । दुर्घटनालाई ब्युरोले मध्य आकाशमा ठोक्काइ’ भनेको छ । यसैबीच, अनुसन्धानकर्ताहरुले दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेषको जाँच गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर