स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउन लिङदेनको सुझाव (भिडिओ) – Nepal Press

स्थिरताका लागि कांग्रेस र एमाले मिलेर सरकार बनाउन लिङदेनको सुझाव (भिडिओ)

'सरकार बनाउन राप्रपाको आवश्यक भए छलफल गर्न तयार छौं’

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले स्थिर सरकारका लागि कांग्रेस र एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिएका छन् ।

प्रतिनिधिसभा सदस्यको सपथ ग्रहण कार्यक्रमपछि संसद भवन परिसरमा बोल्दै उनले आवश्यकताको आधारमा सरकारमा जानेबारे छलफल गर्न सकिने उनले बताए ।

‘सरकार गठनका लागि कुनै दलको बहुमत छैन । हामीले सरकार गठनका लागि अगाडि सारेका पनि छैनौं । ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेले स्थिरताका लागि सरकार बनाओस् भन्ने चाहना छ’ उनले भने, ‘नभए गठबन्धनले नै सरकार बनाओस् । हामी प्रतिपक्षमा बस्न तयार छौं । तर, सरकार बन्न नसक्ने अवस्था आएमा राप्रपाको आवश्यकता परेमा हामी त्यसपछि छलफल अगाडि बढाउँछौं ।’

आफूहरु मन्त्री बन्नका लागि मात्रै सरकारमा नजाने प्रष्ट पारे ।

उनले भने, ‘हामी सरकारमा जाँदा हिजोको अवस्थाभन्दा फरक पर्नुपर्छ । सुशासन र सेवा प्रवाहको हिसाबले आउने सरकारले फरक ढंगको क्रियाकलाप गर्नुपर्छ। त्यो शर्तमा मात्रै कुनै पक्षलाई समर्थन गर्न सक्छौं ।’

राप्रपाले सोचेजस्तो परिणाम ल्याउन नसकेको बताए । उनले आफ्ना पार्टीका सांसदहरुलाई आफ्नो जिम्मेवारी नभुल्न निर्देशनसमेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर