पोल्यान्डका रेफ्री मार्सिनियाकले खेलाउँदैछन् विश्वकप फाइनल – Nepal Press

पोल्यान्डका रेफ्री मार्सिनियाकले खेलाउँदैछन् विश्वकप फाइनल

दोहा । कतारमा जारी विश्वकपको आइतबार हुने फाइनल पोल्यान्डका रेफ्री सिमन मार्सिनियाकले खेलाउने भएका छन् ।

उनी विश्वकपको फाइनल खेलाउने पहिलो पोलिस रेफ्री बन्नेछन् । दुवै असिस्टेन्ट रेफ्री पनि पोल्यान्डकै छन् ।

भार हेर्न जिम्मा पनि पोलिस रेफ्रीलाई नै दिइएको छ । ४४ वर्षीय मार्सिनियाकले समूहगत चरणमा फ्रान्स र डेनमार्क तथा प्रिक्वाटरफाइनलमा अर्जेन्टिना र अस्ट्रेलियाबीचको खेल खेलाएका थिए ।

ती दुई खेलमा विजयी भएका फ्रान्स र अर्जेन्टिनाले विश्वकप उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *