सेमिफाइनलमा मोरक्कोलाई हराएपछि हाकिमीलाई एमबाप्पेले भने- दुखी नहुनु ब्रो, इतिहास बनाएका छौँ – Nepal Press

सेमिफाइनलमा मोरक्कोलाई हराएपछि हाकिमीलाई एमबाप्पेले भने- दुखी नहुनु ब्रो, इतिहास बनाएका छौँ

काठमाडौं। कतारमा जारी विश्वकपको सेमिफाइनलमा बुधबार मोरक्कोलाई २-० गोलले हराएर फाइनल पुगेपछि फ्रान्सका स्टार स्ट्राइकर केलियन एमबाप्पेले विपक्षी खेलाडी असरफ हाकिमीलाई दुखी नहुनु भन्दै सान्त्वना दिएका छन्।

ट्वीटरमा खेलपछि हाकिमीसँगको तस्विर पोस्ट गर्दै एमबाप्पेले लेखेका छन्, ‘दुखी नहुनु ब्रो। तिमीहरुले जे गरेका छौ त्यसमा सबै जना गर्व गरिरहेका छन्। तिमीले इतिहास बनाएका छौ।’

एमबाप्पे र हाकिमी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन(पीएसजी)बाट व्यावसायिक फुटबल खेल्दै आएका छन्। मोरक्को क्वाटरफाइनलमा पोर्चुगललाई हराएपछि विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बनेको थियो। उसले प्रिक्वाटरफाइनलमा पूर्व विजेता स्पेनलाई पाखा लगाएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *