सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने – Nepal Press

सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा, प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

कैलाली । धनगढीमा मंसिर २२ गतेदेखि लाग्ने सुदूरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । कैलाली उद्योग वाणिज्य सङ्घले आज पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।

यसपटक पनि अघिल्लो पटक लागेकै स्थान धनगढी उपमहानगरपालिका–१ पशुपति टोलमा महोत्सवको आयोजना हुन लागेको छ । त्यसको ९० प्रतिशत तयारी पूरा भइसकेको उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।

‘महोत्सवको तयारी ९० प्रतिशत पुरा भइसकेको छ भोलि साँझसम्म सबै तयारी पुरा हुने छ’, उनले भने । अध्यक्ष कुँवरका अनुसार महोत्सवको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका हुन् ।

दुई करोडको लगानीमा महोत्सव लागिरहेको र यो महोत्सवबाट व्यवसायीले ५ देखि ७ करोडको कारोबार गर्ने अध्यक्ष कुँवरले बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर