भारतीय नागरिकमाथि गोली हान्नेको पहिचान भएन – Nepal Press

भारतीय नागरिकमाथि गोली हान्नेको पहिचान भएन

रुपन्देही । बिहीबार साँझ कपिलवस्तुको मायादेवी गाउँपालिका ४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार गर्नेको पहिचान हुन सकेको छैन ।

नेपालमा रहेको एक होटलमा बसेका भारतको सिद्धार्थनगर अलिगढवाका ३५ वर्षीय ईरशाद खानमाथि बिहीबार साँझ दुई गोली प्रहार भएको हो ।

नेपाली सीमा क्षेत्रको चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खानमाथि दुई जना अज्ञात व्यक्तिले गोली प्रहार गर्दा उनलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ ।

गोली लागेका उनलाई उपचारको लागि भारतको नौगढ हुँदै गोरखपुर मेडिकल कलेज पुर्‍याइएको छ । बिहीबार साँझ भारतीय नागरिकमाथि दुई गोली प्रहार भएको र भारतीय प्रहरीसँगको समन्वयमा अनुसन्धान अगाडि बढाइएको कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जानकारी दिए ।

अहिले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अनुसन्धान टोली घटनास्थलमा पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर