विश्वकपः डेनमार्कलाई हराउँदै अस्ट्रेलिया अन्तिम १६ मा – Nepal Press

विश्वकपः डेनमार्कलाई हराउँदै अस्ट्रेलिया अन्तिम १६ मा

काठमाडौं । कतारमा जारी फिफा विश्वकप अन्तर्गत समूह ‘डी’ को अन्तिम खेलमा डेनमार्कलाई १–० गोलको नतिजमा पराजित गर्दै अस्ट्रेलिया अन्तिम १६ मा प्रवेश गरको छ ।

अल जानोब रंगशालामा सम्पन्न खेलमा डेनमार्कलाई हराएसँगै समूह उपविजेताका रुपमा अस्ट्रेलिया अन्तिम १६ मा पुगेको हो ।

अस्ट्रेलियाको जितमा माथ्यू लिकीले खेलको ६०औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै अस्ट्रेलिया १६ वर्षपछि नकआउट चरण प्रवेश गरेको हो । यसअघि सन् २००६ को विश्वकपमा नाकआउट चरणमा इटालीसँग १–० गोलको नतिजमा पराजित भएको थियो

समूह चरणको पहिलो खेलमा फ्रान्ससँग ४–१ गोलको नतिजमा पराजित भएको अस्ट्रेलियाले दोस्रो खेलमा ट्युनिसियालाई १–० को नतिजमा पराजित गरेको थियो ।

यस्तै, डेनमार्कले पहिलो खेलमा ट्युनिसियासँग गोलरहित बराबरी खेलेको थियो भने, दोस्रो खेलमा फ्रान्ससँग २–१ गोलको नतिजामा पराजित भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *