संसदमा सबैभन्दा पहिले खानेपानीको मुद्दा उठाउँछु : सोविता गौतम (भिडिओ) – Nepal Press

संसदमा सबैभन्दा पहिले खानेपानीको मुद्दा उठाउँछु : सोविता गौतम (भिडिओ)

काठमाडौं । काठमाडौंको क्षेत्र नम्बर २ बाट सांसद बनेकी सोविता गौतले इमान्दारितापूर्वक जनताको सेवा गर्ने अठोट व्यक्त गरेकी छन् । उनले यस क्षेत्रका स्थानीय मुद्दाहरूलाई निरन्तर सदनमा उठाउने उनले आश्वासन दिइन् ।

आज एक कार्यक्रममा बोल्दै उनले यो जित आफ्नो मात्र नभएर सम्पूर्ण मतदाताहरुको भएको बताइन् ।

‘यो तपाईंहरु सबैको जित हो । म त एउटा पात्रमात्र हुँ । यहाँहरूको सपनाको प्रतिनिधित्व गर्न सक्छु भनेर विश्वास लिनुभएको छ । यो विश्वासलाई हृदयमा राखेर सम्पूर्ण नेपालीप्रति समर्पित र इमान्दार भएर काम गर्न चाहन्छु,’ गौतमले भनिन् ।

उनले आफूलाई निर्वाचित गरेर पठाएकोमा यस क्षेत्रका मतदाताले गर्व गर्ने दावी गरिन् ।

‘यो क्षेत्रले राष्ट्रपति र प्रधानमन्त्री बनाएको छ । अहिले एक महिलालाई जिताएको छ । यो महिलाले इतिहास रच्छ, हेर्दै गर्नुहोला,’ उनले भनिन् ।

गौतमले काठमाडौं-२ को खानेपानीको समस्यालाई प्रमुखताका साथ सदनमा उठाउने बताइन् ।

‘खानेपानीबाट कोही पनि वञ्चित हुनु हुँदैन । त्यसैले सदनमा मेरो पहिलो मुद्दा यही नै हुनेछ । र, यसको समाधान नहुँदासम्म निरन्तर उठाइरहनेछु,’ उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर