ब्राजिलका यी तीन स्ट्राइकर, जसले गरे ‘डबल डिजिट गोल – Nepal Press

ब्राजिलका यी तीन स्ट्राइकर, जसले गरे ‘डबल डिजिट गोल

दोहा । कतार विश्वकपमा सहभागी हुने ब्राजिलको टोलीमा अन्तर्राष्ट्रिय फुटबलमा दोहोरो अंकमा गोल गरिसकेका तीन जना खेलाडी छन् । तीमध्ये नेमार ब्राजिलका सर्वकालीन सर्वाधिक गोलकर्ता पेलेको कीर्तिमानसँग बराबरी गर्न २ गोलले मात्र पछाडि छन् । नेमारले १२१ खेलमा ७५ गोल गरेका छन् ।

टोलीमा रहेका गाब्रियल जिससले ५६ खेलमा १९ र रिचार्लिसनले ३८ खेलमा १७ गोल गरेका छन् । नेमार यो सिजन उच्च लयमा छन् । उनले क्लब फुटबलमा २० खेलमा १५ गोल गरेका छन् ।

उनी ११ गोलसहित फ्रान्सको लिग वानका दोस्रो सर्वाधिक गोलकर्ता हुन् । उनले घरेलु लिगमा यो सिजन ९ गोलमा असिस्ट पनि गरेका छन् । सन् २०२२ मा ब्राजिलका लागि खेलेका ५ खेलमा उनले ५ गोल गरेका छन् ।

आर्सनलबाट व्यावसायिक फुटबल खेलिरहेका जिससले यो सिजन क्लब फुटबलमा २० खेलमा ५ गोल गरेका छन् । उनले सन् २०२२ मा ४ खेल खेल्दै १ गोल गरेका छन् ।

रिचार्लिसनले टोट्टनहामबाट यो सिजन १५ खेलमा केवल २ गोल गरेका छन् । सन् २०२२ मा उनले ब्राजिलबाट ६ खेल खेल्दै ७ गोल गरेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलमा ५ खेलमा १ गोल गरेका रोड्रिगो, १६ खेलमा १ गोल गरेका भिनिसियस जुनियर, ११ खेलमा २ गोल गरेका एन्टोनियो र ११ खेलमा ५ गोल गरेका रफिन्हा पनि ब्राजिलको अग्रपंक्ति सम्हाल्ने सूचीमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *