के-पप ब्यान्ड एनसिटी-१२७ को इन्डोनेसियाको कन्सर्टमा भागदौड हुँदा ३० जना बेहोस – Nepal Press

के-पप ब्यान्ड एनसिटी-१२७ को इन्डोनेसियाको कन्सर्टमा भागदौड हुँदा ३० जना बेहोस

काठमाडौं । के-पप ब्यान्ड एनसीटी-१२७ को इन्डोनेसिया कन्सर्टमा भागदौड हुँदा ३० जना प्रशंसक बेहोस भएका छन् ।

इन्डोनेसियामा यो गत एक महिना भित्रमा घटेको दोस्रो भागदौडको घटना हो । गत महिना मात्र फुटबल स्टेडियममा भएको भागदौडमा ४० बालबालिका सहित १३० जनाको ज्यान गएको थियो ।

कार्यक्रम स्थलमा भागदौडको घटना घटेसँगै एनसिटी-१२७ को कन्सर्ट   स्थगित गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रहरी प्रशासनले शुक्रवार स्थगित भएको कन्सर्ट शनिवार सुचारु गर्न अनुमति दिएतापनि कडा सुरक्षा मापदण्ड अपनाएको छ ।

प्रहरी प्रवक्ता इन्द्रा जुल्पानलाई उदृत गर्दै अल्जजिराले जनाए अनुसार शुक्रवार मध्यरात कन्सर्ट सुरु भएको दुई घण्टा पश्चात प्रशंसकहरू ठेलमठेल गर्दै स्टेजको नजिक जान खोज्दा ३० जना प्रशंसकहरू बेहोस भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर