इमरान खानलाई खुट्टामा गोली, अन्य चार जना पनि घाइते – Nepal Press

इमरान खानलाई खुट्टामा गोली, अन्य चार जना पनि घाइते

लाहोर । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि भएको गोली प्रहारबाट उनको खुट्टामा चोट लागेको बीबीसीले जनाएको छ । खानका सहयोगीलाई उदृत गर्दै बीबीसीले घटनामा इमरान खानका अन्य चार सहयोगी पनि घाइते भएकाे उल्लेख गरेको छ ।

खानको हत्या गर्ने हिसाबले उनीमाथि गोली प्रहार भएको दाबसी गरिएपनि प्रहरीले कसलाई लक्षित भएको थियो भन्नेबारे केही पनि प्रकाश पारेको छैन ।

इमरानले शाहबाज शरिफ सरकारको राजीनामा र तत्काल आम निर्वाचनको माग गर्दै गत हप्तादखि राजनैतीक सभा सुरुवात गरेका थिए । इमरानले उक्त सभाको आह्वान गरेसँगै विविध कारणले पाकिस्तानमा एक महिला पत्रकारसहित तीन जनाको मृत्‍यु भइसकेको छ ।

विरोध र्‍याली वाजिराबादबाट इस्लामावादतर्फ बढिरहेका बेला ७० वर्षीय खानमाथि गोली प्रहार भएको थियो । खानको लाहोरस्थित अस्पतालमा उपचार भइरहेको छ । खानले आफूलाई सत्ताबाट हटाइएपछि मध्यावधि चुनावको माग गर्दै विरोध र्‍याली निकालेका हुन् । गोली प्रहार गरेको आरोपमा एक जना पक्राउ परेको बीबीसीले उल्लेख गरेको छ ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर