उत्तर कोरियाले गर्‍यो व्यालेस्टिक मिसाइल प्रहार – Nepal Press

उत्तर कोरियाले गर्‍यो व्यालेस्टिक मिसाइल प्रहार

सियोल । उत्तर कोरियाले बुधवार ‘अपरिचित व्यालेस्टिक मिसाइल’ प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ ।

दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास गरिरहेका बेला उत्तरले व्यालेस्टिक मिसाइल प्रहार गरेको हो ।

‘उत्तर कोरियाले पूर्वी सागर तर्फ अज्ञात व्यालेस्टिक मिसाइल प्रहार गरेको छ’, संयुक्त सेना प्रमुखले एक विज्ञप्तिमा भने ।

यसअघि उत्तर कोरियाले सोमबार अमेरिका र दक्षिण कोरियालाई यस क्षेत्रमा ठूलो मात्रामा सैन्य अभ्यास रोक्न आह्वान गरेको थियो । दक्षिण कोरिया र अमेरिकी गतिविधिले उत्तेजित गराएकोसमेत उत्तर कोरियाले जनाएको छ ।

अमेरिका र दक्षिण कोरियाको निरन्तर र लापरबाही सैन्य गतिविधिका कारण कोरियाली प्रायद्वीप टकराब बढेको छ ।

अमेरिका र दक्षिण कोरियाले वर्षेनि सैन्य अभ्यास गर्दै आएका छन् जसको प्योङयाङले विरोध गर्दै आएको छ ।

अर्कोतर्फ उत्तर कोरियाले बारम्बार आणविक परीक्षण गर्दै आएको छ ।

उत्तरको आणविक परीक्षणलाई लिएर अन्तर्राष्ट्रिय समुदायले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर