पाकिस्तानका प्रधानमन्त्री सरिफ चीन पुगे – Nepal Press

पाकिस्तानका प्रधानमन्त्री सरिफ चीन पुगे

इस्लामाबाद । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीनको भ्रमण सुरु गरेका छन् । प्रधानमन्त्री सरिफ एक उच्चस्तरीय प्रतिनिधिमण्डलसँगै मङ्गलवार साँझ चीनको राजधानी बेइजिङ पुगेका छन् ।

दुई दिने भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले चीनका राष्ट्रपति सी जिनपिङलाई भेट्न जाँदैछन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को २०औँ महाधिवेशन सकिएपछि सीले पार्टी महासचिवको रूपमा तेस्रो कार्यकाल पाएको केही दिनपछि सरिफ चीन पुगेका हुन् ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा सरिफले भ्रमण गरेका हुन् ।

सरिफसँगै विदेशमन्त्री बिलावल भुट्टो जरदारी पनि भ्रमणमा छन् ।

भ्रमणका क्रममा सरिफलले ६५ अर्ब डलर लगानीको चीन पाकिस्तान आर्थिक करिडोरलगायतका विषयमा छलफल गर्नेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर