चुनावका लागि भारतले दियो २ सय गाडी उपहार – Nepal Press

चुनावका लागि भारतले दियो २ सय गाडी उपहार

काठमाडौं । भारत सरकारले आसन्न निर्वाचनका लागि नेपाल सरकारलाई उपहारस्वरूप सवारीसाधन दिएको छ ।

मंगलबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले अर्थमन्त्री जनार्दन शर्मालाई भारत सरकारको तर्फबाट दुई सयवटा सवारीसाधन हस्तान्तरण गरे । हस्तान्तरण गरिएका सवारीसाधनले नेपालका विभिन्न संस्थालाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुग्ने दूतावासले जनाएको छ ।

अर्थमन्त्री शर्माले सवारीसाधनलगायत विकास साझेदारीको रूपमा नेपाललाई निरन्तर सहयोग गरेकोमा भारत सरकारलाई धन्यवाद दिए ।

राजदूत नवीन श्रीवास्तवले भारतको सहयोगले नेपालको चुनावी कार्यक्रममा सहयोग पुग्ने विश्वास जनाए ।

भारतले दिएका सवारीसाधन चुनावी कार्यमा प्रयोग गरिनेछ । जसमध्ये १२० वटा सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्ने दूतावासले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झण्डै २ हजार वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४ सय वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरूप दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर