सोमालियामा कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु – Nepal Press

सोमालियामा कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु

मोगादिसु । सोमालियाको राजधानी मोगादिसुमा भएका दुई कार बम विस्फोटमा कम्तीमा १०० जनाको मृत्यु भएको छ । शनिबार शिक्षा मन्त्रालय बाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएको सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

राष्ट्रपति हसन शेख मोहम्मदले विस्फोट स्थलको भ्रमणपछि भने, ‘विस्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहरू, स्वस्थ बुबाहरू, पढ्न पठाइएका विद्यार्थीहरू, आफ्नो परिवारको जीवनसँग संघर्ष गरिरहेका व्यवसायीहरूको दुःखद मृत्यु भएको छ ।’

आक्रमणको जिम्मा कुनै समूहले लिएको छ । तर, आक्रमणमा मुस्लिम लडाकू समूह अल सहबाबको संलग्नता रहेको राष्ट्रपतिले दाबी गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर