च्याम्पियन्स लिग: युभेन्ट्स समूह चरणबार बाहिरियो – Nepal Press

च्याम्पियन्स लिग: युभेन्ट्स समूह चरणबार बाहिरियो

काठमाडौं । इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको समूह चरणबार बाहिरिएको छ ।समूह चरण अन्तर्गत मंगलबार राति पोर्चूगिज क्लब बेन्फिकासँग ४-३ गोलको नतिजामा पराजित भएसँगै युभेन्ट्स बाहिरिएको हो ।

बेन्फिकालाई जित दिलाउन राफा सिल्भाले दुई गोल गरे । एन्टोनियो सिल्भा र जोया मारियोले एक एक गोल गरे ।युभेन्ट्सका मोइस किन,आर्काडुइज मिलिक र वेस्टन म्याककेनीले एक एक गोल गरे ।

जितसँगै समूह ‘एच’ बाट बेन्फिकाले नकआउट चरणमा स्थान बनाएको छ ।बेन्फिका ५ खेलमा ११ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ ।युभेन्ट्स ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर