३३ वर्षदेखिको विवाद नसुल्झाइ बाङ्गेमुढाको त्वाःछेँ भवनमा किन लायो महानगरले डोजर ? (भिडिओ) – Nepal Press

३३ वर्षदेखिको विवाद नसुल्झाइ बाङ्गेमुढाको त्वाःछेँ भवनमा किन लायो महानगरले डोजर ? (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर २५ (साविक २८) बाङ्गेमुढाको त्वाःछेँमा अवस्थित कित्ता नं ५९४ को सरकारी जग्गामा बनेको भवनमा केही समय अगाडि महानगरले डोजर चलायो ।

मेयर बालेन शाहको आदेश भन्दै सो भवनमा डोजर चलेपश्चात स्थानीय आन्दोलित भए । स्थानीका अनुसार सो भवनको स्वामित्व त्वाःछेँ समितिको हो । महानगरका अनुसार उक्त भवन वडा कार्यालयको हो । उक्त भवन आफ्नो हो भन्ने विषयलाई स्थापित गराउन दुवै पक्षले आ-आफ्ना आधार पेस गरेका कारण २०४६ सालदेखि उक्त भवन विवादित छ । यस भवनको स्वामित्व मुद्दा अदालतमा विचाराधीन छ ।

यही विवादबीच महानगरले उक्त भवन भत्काउने र नयाँ संरचनासहितको वडा कार्यालय बनाउने मौखिक सहमतिको आधारमा भवनमा तोडफोड सुरू गरेको हो । महानगरको सो कदमपछि स्थानीय अदालत गएकोमा उच्च अदालत पाटनले गत असोज २७ गते अन्तरिम आदेशमार्फत सामुदायिक भवन त्वाःछेँ भत्काउन वा सो भवनको संरचनामा क्षति पुग्ने कुनै पनि कार्य हुन नदिई भवनलाई यथास्थितिमा राख्न अन्तरिम आदेश जारी गरेको छ ।

विवादलाई नसुल्झाइ उक्त भवनलाई तोड्ने अवस्था किन आइपर्‍यो ? अदालतको आदेश महानगर र वडा कार्यालयलाई किन अमान्य भयो ? यस विषयमा दुवै पक्षको धारणा के छ ? यीनै विषयमा तयार पारिएको भिडिओ सामग्री हेरौं ।

तस्बिर/भिडिओ : उमेश कार्की । 


प्रतिक्रिया

One thought on “३३ वर्षदेखिको विवाद नसुल्झाइ बाङ्गेमुढाको त्वाःछेँ भवनमा किन लायो महानगरले डोजर ? (भिडिओ)

  1. अहिले २५ वडा जो बहालमा बसेको घर पनि पहिले समूदायक सार्वजनिक सौचालय नै थियो भने, त्यही भवनमा वडा किन बहाल तिरेर बस्न पर्यो, समूदायक भवन लाई सार्वजनिक वा नगरपालिका को भवन भन्ने वडा अध्यक्ष ले हाल वडा भवन रहेको समूदायक भवन लाई नै किन कामपा वडा भवन नबनाउने, गन्ध त दह्रोसँग छ है

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर