चीनमा बढ्यो सी जिनपिङविरोधी प्रदर्शन, बाथरुममै लेखिए जिनपिङविरुद्धका नारा – Nepal Press

चीनमा बढ्यो सी जिनपिङविरोधी प्रदर्शन, बाथरुममै लेखिए जिनपिङविरुद्धका नारा

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको जारी २० औं अधिवेशनमार्फत तेस्रो कार्यकालको तयारी गरिरहेका राष्ट्रपति सी जिनपिङविरुद्ध चीन तथा विश्वका अन्य मुलुकमा समेत प्रदर्शन सुरु बढेको छ ।

कोभिड नियन्त्रणका निम्ति सीले अघि सारेको ‘शून्य कोभिड नीति’ तथा कडा प्रतिबन्धका कारण सी पूर्ण नेतृत्वमा आउन नहुने प्रदर्शनकारीहरुको माग रहेको छ । ब्लुमबर्गको रिपोर्टअनुसार चीनमा हाल भौतिक रुपमा मात्र नभएर सामाजिक सञ्जालको प्रयोग गरेरसमेत सीको विरोध गरिरहेको छ ।

चीनको एक अज्ञात समूहद्वारा सञ्चालित इन्स्टाग्राम ह्याडलमार्फत सुरु भएको ‘भर्चुअल’ प्रदर्शनले हाल शेन्जेन, सांघाई, बेइजिङ ग्वान्झाओ तथा हङकङलगायतका शहरहरुमा समेत प्रभाव पारेको बताइएको छ ।

ह्यान्डलले शेयर गरेका पोस्टमा धेरैजसो सी जिनपिङविरोधी नाराहरु बाथरुम र स्कुलका नोटिस बोर्डमा देखिएका छन् । बाहिरका अन्य ठाउँमा सीसीटीभी सर्भिलियन्स हुने हुँदा चीनका बाथरुमहरु ‘प्रोटेस्ट स्पट’ को रुपमा स्थापित हुँदै गएको हुनसक्ने अनुमान गरिरहेको छ ।

अमेरिका, जापान, दक्षिण कोरिया, ताइवान र अन्यत्र २०० भन्दा बढी विश्वविद्यालयमा पनि सी जिनपिङको विरोधमा नारा लगाइएको ब्लुमबर्गको रिपोर्टले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर