डडेल्धुरामा बागी उठेका जोशी र जिल्ला अध्यक्ष विष्टलाई नेकपा एसको २४ घण्टे चेतावनी – Nepal Press

डडेल्धुरामा बागी उठेका जोशी र जिल्ला अध्यक्ष विष्टलाई नेकपा एसको २४ घण्टे चेतावनी

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सत्तारुढ गठबन्धनविरुद्ध डडेल्धुरा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. १ (२)मा बागी उठेका डा. ताराप्रसाद जोशीलाई उम्मेदवारी निष्क्रिय पार्न २४ घण्टे चेतावनी दिएको छ ।

नेकपा एसका महासचिव वेदुराम भुसालले एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । त्यस्तै, डडेल्धुराका पार्टी अध्यक्ष कविन्द्र विष्टलाई पनि पार्टीको निर्णय विपरीत नलाग्न निर्देशन दिइएको छ ।

नेकपा एसले बिपी कांग्रेससँग सहकार्य गरेर गठबन्धनविरुद्ध खडा भएको छ । त्यसलाई छोड्न अन्यथा पार्टीको कुनै पनि जिम्मेवारीमा नराखिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *