तीन शीर्ष नेताको प्रतिबद्वता: चुनावपछि बन्ने गठबन्धन सरकारले जनताको आवश्यकता पूरा गर्छ – Nepal Press

तीन शीर्ष नेताको प्रतिबद्वता: चुनावपछि बन्ने गठबन्धन सरकारले जनताको आवश्यकता पूरा गर्छ

काठमाडौं । सत्ता गठबन्धनका तीन शीर्ष नेताले मंसिर ४ गते हुने निर्वाचनपछि पनि गठबन्धनको सरकार बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरुको पक्षमा मतदान गर्न संयुक्त अपिल जारी गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन्।

अपिलमा भनिएको छ, ‘जनताको समृद्धिको आकांक्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले विनाआलटाल र ढिलासुस्ती सम्बोधन गर्नु आवश्यक छ । त्यसका लागि गठबन्धन दलहरुका प्राथमिकताहरु प्रस्ट छन् ।’

उनीहरुले पाँचदलीय गठबन्धन सरकार बनेपछि संविधानको मूल मर्म र भावनाअनुरुप काम गरेको दाबी गरेका छन् । संविधानको भावना र मर्मविपरीत दुई–दुई पटक प्रतिनिधिसभाको असंवैधानिक विघटनलगायत तत्कालीन सरकार प्रमुखको अनेकौं स्वेच्छाचारी कदमहरुलाई परास्त गरेको उल्लेख गरेका छन् ।

जनताको आवश्यकता पूर्तिका निम्ति गठबन्धन सरकार सक्रिय भएकाले आगामी निर्वाचनपछि पनि निरन्तर क्रियाशील रहने प्रतिबद्धता उनीहरुले व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर